19.1 C
Kathmandu
Sunday, November 28, 2021
Your Ad Here  9857041698

युनाईटेड कप फुटवल प्रतियोगिताको उपाधि काठमाण्डौलाई

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवीन पौडेल
नवलपरासी–जिल्लाको हुप्सीकोट गिरुबारीमा सम्पन्न ३३ औ युनाईटेड कप फुटवल प्रतियोगिताको उपाधि बसन्त आदर्श युवा क्लव काठमाण्डौले जितेको छ । नमुना युवा समाज मध्यविन्दुलाई १ का विरुद्ध दुई गोल गर्दै उपाधी हात पारेको हो ।

काठमाण्डौका लागि कमल थापाले खेलको सुरुवाती १६ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । २ जना विदेशी खेलाडी सहित मैदानमा उत्रिएको नमुना समाजलाई काठमाण्डौले निरन्तर दबावमा राखेको थियो । दोसा्रे हापको ५ औ मिनेटमा काठमाण्डौका अनिल गुरुङले थप एक गोल गरेर टिमलाई अग्रता दिलाए थिए । नमुना समाजका लागि दोसा्रे हापको १४ औ मिनेटमा विमल रानाले गोल गरेपनि त्यो जितका लागि पर्याप्त भएन् ।

युनाइटेड युवा क्लब गिरुवारीको आयोजनामा भदौ २ गते बाट सुरु भएको खेलमा उपाधि विजेता आदर्श युवा समाजले शिल्ड प्रमाणपत्र , र ट्रफ्रि सहित नगद १ लाख ११ हजार १ सय ११ रुपैया हात पारेको छ । दोसा्रे सथानमा चित्त बुझाएको नमुना समाजले शिल्ड प्रमाणपत्र , र ट्रफ्रि सहित ६६ हजार ६ सय ६६ रुपैया प्राप्त गर्यो । बिजयी खेलाडी र टिमलाई प्रमुख अतिथी नेपाली काग्रेसका नेता विष्णु कार्कीले पुरस्कार प्रदान गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी नमुना युवा समाज सिम्रनीका सरोज थापा र सर्वाधिक गोलकर्ता डिही फुटवल क्ल्व नवलपरासीका सुधन थापा घोषित भए । दुवैले नगद पाचं हजार र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा चितवन , रुपन्देही , कपिलबस्तु , पाल्पा , नवलपरासी ,काठमाण्डौ लगाएतका जिल्ला बाट बिस टिमको सहभागिता रहेको आयोजक युनाइटेड युवा क्लब गिरुवारीका अध्यक्ष हरि थापाले जानकारी दिए । ग्रामीण स्तरमा फुटवल खेलको प्रर्वद्धन र नयां खेलाडी उत्पादन गर्ने लक्ष्य सहित विगत ३३ वर्ष देखी प्रतियोगिता निरन्तर आयोजना हुदै आएको छ ।

 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!