27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 06:14

TRENDING .

१२ सय ६० कर्मचारीको सरुवा, सरुवा हुनेमा ११२ उपसचिव

- Advertisement -

सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयअन्तर्गतका उपसचिवदेखि खरदारसम्मका कर्मचारीलाई स्थानीय विकास मन्त्रालयअन्तर्गत सरुवा गरेको हो ।

निर्वाचन आचारसंहिता सुरु भइसके पनि स्थानीय तहका लागि कर्मचारी सरुवा गर्न निर्वाचन आयोगले सहमति दिएपछि मन्त्रालयले कर्मचारीको सरुवा गरेको हो । यसअघि सरकारले बुधबार ८० कर्मचारी सरुवा गरेको थियो ।

निजामति सेवा नियमावलीअनुसार भदौ महिनाभरि कर्मचारीलाई अन्तरमन्त्रालयमा सरुवा गर्ने समय पनि निर्वाचन आचारसंहिताका कारण सरुवा रोकिएको थियो । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताका कारण अन्य मन्त्रालयको कर्मचारी सरुवा भने रोक लगाएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयअन्तर्गतका एक सय १२ उपसचिव स्थानीय तहमा काजमा खटाएको छ । यस्तै सरुवा गरिएकामध्ये ७५ जना शाखा अधिकृत छन् । भदौ-३०, २०७४

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्