27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 06:15

TRENDING .

‘जितिया पर्व धुमधामले मनाईदै ’

- Advertisement -

खगराज सापकोटा
नवलपरासी–तराईका जिल्लामा जितिया पर्वको रौनक बढेको छ । विशेष गरी थारु समुदायका महिलाहरुले धुमधामका साथ यो पर्व मनाउने भएपनि पुरुष र महिला दुबै ब्रत बस्ने हुदा यस्लाई थारु समुदायको नै एक ठुलो सास्कृतिक पर्वकारुपमा लिने गरीन्छ । पर्वको अवसरमा महिलाहरुले झाम्टा नृत्य प्रस्तुत गर्ने गर्दछन् । बर्षभरीको दुःख सुःख साटासाट गर्ने र आफ्ना पिर व्यथालाई गित मार्फत पोख्ने गर्दछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाईने गरीन्छ । पर्वका लागि थारु समुदायको मौलिक घरलाई माटोले लिपेर सिंगारीएको हुन्छ । दिदि बहिनीलाई घरमा बोलाएर मीठो मसीनो खुवाउने र समुह समुह बनाएर विभिन्न खेल खेल्ने प्रचलन रहीआएको छ । जितिया पर्व आज तराईका थारु समुदाय र अन्य रैथाने नातीले धुमधामका साथ मनाईरहेका छन् । जित बहानको कथा सुन्ने र पुजा गर्ने हुनाले यस्ले सबैलाई अनुशासीत र कर्मसील बनाउने धार्मीक विश्वास रहेको कावासोती १६ का जित नारायण थनैतले बताए ।

पछिल्लो समय लोप हुदै गएको झाम्टा नृत्य , भोदी खेल र अन्य सास्कृतिक सम्पदाको समेत संरक्षण र प्रवद्धर्नमा पर्वको अवसरमा युवाहरु अग्रसर भएका छन् । संस्कृति जर्गेनाका लागि एक महिना अघि देखी नै विभिन्न स्थानमा झाम्टा नृत्य प्रतियोगिता र खेलहरु आयोजना भईरहेका छन् । झाम्टा गितमा पौराणीक कथा संगै मुलुकको राजनितिक परिवर्तनलाई संस्थागत गर्दै आफ्नो समुदायको हकअधिकार प्राप्तीका लागि जनचेतना समेत जगाउने गरेका छन् । नयां पुस्ताले मौलिक संस्कृति बिर्सदै गएकाले संस्कृति हस्तान्तरणका लागि मौलिक भेषभुषा र भाषाको प्रतियोगिता आयोजना गर्ने गरीएको थारु कल्याणकारिणी सभाका सिताराम चौधरीले बताए । ‘ बढ्दो परसंस्कृतीकरणले नयां पुस्ताले आफ्नै भाषा समेत भुल्न थाले , भाषा र भेष भुले पहिचान गुम्छ । ’उनले भने , ‘ अहीले नयां पुस्ताले समेत संस्कृती जर्गेनाकालागि तदारुपता देखाएको कारण यही संस्कृती हेर्न टाढा टाढाबाट पर्यटक समेत आउन थालेका छन् । ’

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्