नवलपुर जेसीजका वर्ष २०१७ अध्यक्ष कृष्ण प्रसाद अर्याल नेपाल जेसिजको वर्ष २०१८को राष्ट्रिय उपाध्यक्ष पदमा चुनावी मैदानमा होमिने हुनु भएको छ । मंगलवार वसेको नवलपुर जेसिज कार्यसमिति वैठकको सर्व सम्मतिले कृष्ण प्रसाद अर्याललाई राष्ट्रिय उपाध्यक्षको उमेद्वारका रुपमा पठाउने निर्णय गरेको नवलपुर जेसिज वर्ष २०१७का महासचिव त्रिभुवन तिवारीले जानकारी दिनुभयो ।
१८ देखि ४० वर्ष उमेर समूहका सकृय युवाहरुले सन् २००९मा नवलपुर जेसीज स्थापना गरेपनि हाल सम्म राष्ट्रिय स्तरमा कुनै प्रतिनिधित्व गर्न सकेको छैन । यस वर्ष नवलपुर जेसीजले इतिहासमै पहिलो पल्ट राष्ट्रिय स्तरको कार्यक्रम नोमलोम लिडर्स एकेडेमी भव्य रुपमा सम्पन्न गरी शाखावाट अन्तराष्ट्रिय कार्यक्रम नालन्दा एकेडमीमा समेत सहभागिता जनाउदै नेपाल जेसीजका शाखाहरु मध्ये उत्कृष्ठ शाखाको रुपमा स्थापित हुन सफल भएकालेपनि स्वतः दावि रहेको नवलपुर जेसीज सस्थापक अध्यक्ष वैकुष्ठ प्रसाद अर्यालले वताउनुभयो ।
नवलपुरलाई राष्ट्रियरुपममै स्थापित गराउन र राष्ट्रिय स्तरमै कूशल चरित्र सहितको नेतृत्वकोलागी राष्ट्रिय उपाध्यक्षमा उमेद्वारी दिने निर्णय गरेको अध्यक्ष कृष्ण प्रसादअर्यालले वताउनुभयो । यही भाद्र २९ गते वाट सुरु हुने नेपाल जेसिजको एरिया डि सम्मेलनवाट चुनावि प्रचार प्रसार समेत गर्ने वताउनु भयो । यस अघि पनि नेपाल जेसिज वर्ष २०१७ का केन्द्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारीले नवलपुर जेसिजले राष्ट्रिय नेतृत्व लिने वेला भएको वताउनुु भएको थियो । भादौ-२८, २०७४