27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 09:25

TRENDING .

नवलपरासीको नवलपुरमा थारु समुदाएको जितियाको रौनक छायो

- Advertisement -

कावासोती, नवलपरासी जिल्लाको नवलपुर क्षेत्र यतिबेला थारु समुदाएको  जितीयामय  भएको छ । थारु जातीय सस्कृतिमा यो पर्व एक बिशेष पर्व हो । जितिया पर्व मंगलबार बाट शुरु भएपनि केहि दिन अगाडिबाटै थारु समुदाएमा भोदी, झाम्टा नाच प्रतियोगिता देखी शुभकामना आदान–प्रदानका कार्यक्रमहरु भैरहेका छन् । थारु समुदायले माघी पर्व जस्तै यस पर्व लाई पनि बिशेष पर्वको रुपमा नवलपुर क्षेत्रमा मनाउदै आएका छन् ।

जितीयाको अवसर पारेर कावासेतीमा मंगलवार कुमारवर्ती माई थारु गुठी संरक्षण संस्थाले जितीया बिषेश झाम्टा, लाठीनाच र डटकट अर्थात दर खाने कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नवलपुर क्षेत्रका विभिन्न महिला समुह तथा किशोरीहरुको समुहले बालबाविवाह विरुद्ध र वातावरण सरसफाई लगायतका विषयमा जनचेतना मुलक झाम्टा नाच र लाठी नाच प्रस्तुत गरेका थिए ।

बिगतमा झाम्टा नाचमा रामायण, गरुढ़गाथा गाउने गरिए पनि आजकाल भने झाम्टा गीता बर्तमान परिपेक्ष संग ढालिदै गएको पाईन्छ । कार्यक्रममा थारु भाषाका गायक मअधेम महतो , केशव महतोले आफ्नो साङ्गेतीक प्रस्तुती प्रस्तुत गरेका थिए ।

उता थारु महिला सभाको आयोजनामा जितीया पर्वको अवसर पारेर झाम्टा नाच तथा लाठी नाच कार्यक्रम कावाासेतीकै डण्डामा सम्पन्न गरिएको छ । कार्यक्रममा नवलपुर क्षेत्रका एक सय भन्दा बढि कलाकारहरुले नृत्यु प्रस्तुत गरेका थिए ।

यस्तै जितीयाकै अवसरमा राष्ट्रिय मुसहर संघ नवलपुरको आयोजनामा देवचुली नगरपालिकामा पनि सास्कृतीक कार्यक्रम गरिएको छ । कार्यक्रमम थारु समुदायका महिलाहरुले झाम्टा , लाठी नाच प्रस्तुत गरेका थिए भने तथा मुसहर समुदायका महिलाहरुले झुम्रा नाच प्रस्तुत गरेका थिए ।

नवलपुर क्षेत्र थारु बहुल्यता भएको क्षेत्र भएका कारण जितीया पर्वमा निकै रौनक छाउने गरेको छ । यहां मुसहर समुदायको समेत बाक्लै उपस्थिती पाईन्छ । पछिल्लो समय आफ्ना कला संस्कृतीहरु लेप हुदै जान थालेका कारण जगेर्ना गर्नका लागि पनि कार्यक्रमको आयोजना गरिएको कुमारवर्ती माई थारु गुठी संरक्षण संस्थाका अध्यक्ष पृथ्वी महतोले बताए ।

पछिल्लो पुस्ताका युवा युवतीहरु ऋाफ्नो मौलिक कला संस्कृती भन्दा पनि हिन्दी गित,आधुनिक गितहरुमा नै रमाउन थालेपछि उनीहरुलाई मौलिक कला संस्कृतीको जानकारी दिलाउन कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

जितीया पर्व सप्तमीबाट सुरु हुन्छ र यो पर्व तीन दिनसम्म धार्मिक बिधिपूर्वक मनाइन्छ । विवाहित महिलाहरुले मंगलवार विहान नदी, कुवा तथा पोखरीमा स्नान गरी चोखो बस्त्र लगाएर पर्व सुरु गरेका छन् ।

पहिलो दिन अर्थात यस वर्ष मंगलवार डटकट (दर)का रुपमा चिचर,माछा खाने,झाम्टा नाच्ने प्रचलन रहेको छ । जितिया पर्व अन्र्तगत अष्टमीका दिन उपवास बसी जीतमहानको पुजा गरेर थारु पुरहित बाट कथा प्रवचन सुन्ने गरीन्छ । यस्तै अन्तिम दिन बिधिपुर्वक जितियाको तारन गर्ने प्रचनल रहेको छ । भदौ-२७, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्