19.1 C
Kathmandu
Sunday, November 28, 2021
Your Ad Here  9857041698

कर्मचारी तन्त्र र शैक्षिक सस्थामा राजनीति हाबी हुदा देश जहाको तही : रबिन्द्र मिश्र

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, खगराज सापकोटा। बिबेकशील शाझा पार्टीका एक जना संयोजक रबिन्द्र मिश्रले बिगत ०४६ शाल देखि देशका हरेक संघ सस्थामा राजनिती हावी हुदा जनताले चाहे जस्तो बिकाशको अनुभूति गर्न नपाएको बताएका छन्। बिद्यालय, सरकारी सस्था , सामुदायिक तथा प्राईवेट सस्थामा समेत विभिन्न संघ संघठनका नाममा राजनीति हावी हुदा देशै भाड्भैलोमा जगड़ीएको उनको भनाई थियो। पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमका लागी कावासोती आईपुगेका मिश्रले राजनीति गर्ने ठाउ अलग हुनुपर्नेमा जोड दिदै कर्मचारीले काम गर्ने हो, शिक्षकले पढाउने हो , विद्यार्थीले पढने हो, पत्रकारले पत्रकारिता गर्ने हो राजनीति गर्ने हैन त्यसैले आफुहरु हरेकको अधिकार प्राप्ति हुनुपर्ने तर राजनीति हरेक ठाउमा हुन नहुने मान्यता आफुहरुको रहेको बताए ।  उनले आफ्नो पार्टीको लक्ष्य योजना पुराना पार्टीको भन्दा बिल्कुलै फरक र बर्तमान परिपेक्ष सुहाउदो भएकाले  बिबेकशील शाझा पार्टी पुराना पार्टीहरुको विकल्पको रुपमा स्थापित हुनेमा बिश्वस्त रहेको समेत जिकिर गरे। भदौ-२५, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!