19.1 C
Kathmandu
Sunday, November 28, 2021
Your Ad Here  9857041698

एमालेले मधेसमा मत माग्ने नैतिक धरातल गुमाइसक्योः प्रचण्ड, मधेसमा एमालेलाई निषेध गर्न सक्ने शक्ति जन्मिएकै छैनः नेता नेपाल

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी एमालेले मधेसमा मत माग्ने नैतिक धरातल गुमाइसकेको दाबी गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले मधेस विरोधी अभिव्यक्ति दिँदै आएका बताउँदै उनले ओलकै कारण मधेसका जनता एमालेप्रति रुष्ट रहेको उनले बताए । कलैयामा आयोजित साक्षात्कारमा उनले भने, ‘एमाले मधेस विरोधी दलका रुपमा स्थापित भइसक्यो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संसदको निर्वाचनअघि सरकार परिवर्तन असम्भव रहेको बताए । उनले भने, ‘यसपटक सोचेअनुसार चुनावी तालमेल हुन सकेन, तर राष्ट्रको आवश्यकताअनुसार गठबन्धन अझै लम्ब्याउनु जरुरी छ ।’

उता बर्दिवासमा चुनावी सभामा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले मधेसमा एमालेलाई कसैले निषेध गर्न सक्ने शक्ति नजन्मेको बताएका छन् । आफू नै मधेसको असली धर्तीपुत्र भएको बताउँदै उनले भने, ‘कुनै शक्तिले वा तागतले पनि मधेशमा एमालेलाई निषेध गर्न सक्दैन र जन्मिएको छैन ।’

महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल नेपालले प्रदेश २ को चुनावमा पनि एमाले पहिलो हुने दाबी गरे । उनले भने, ‘हाम्रो पार्टी कुनैपनि हालतमा मधेस विरोधी होइन, हेर्दै जनुहोला २ नम्बर प्रदेशमा पनि एमाले एक नम्बर पार्टीे बन्छ ।’ यस्तो नेता नेपालले केही मधेशी नेताहरुले विदेशीको प्रभावमा परेर संविधान संशोधन प्रस्ताव ल्याएको समेत आरोप लगाए ।पार्टीभित्र अहिले कुनै विवाद नरहेको भन्दै उनले भने, ‘हामी अहिले चुनावी मैदानमा छौं, पार्टी पूर्ण रुपमा एक ढिक्का छ ।’ भदौ-२५, २०७४

 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!