27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 06:09

TRENDING .

कतारमा अलपत्र परेका ७ जना नेपालीको उद्धार

- Advertisement -

कतारमा अलपत्र परेका ७ जना नेपालीको उद्धार गरिएको छ । बुटवलमा घर भई कतारमा बस्दै आएका लिला जीसीको समन्वयमा गुल्मी मदानेका राजेश घर्ती, खोटाङका दिनेश कटुवाल, गंगाबहादुर कटुवाल, वीरबहादुर खड्का, सुर्खेतका जीतबहादुर वीक, भोजपुरका इरज राई र संखुवासभाका पुष्प भारतीको उद्धार गरिएको हो ।

उद्धार गरिएका सातै जनालाई शनिवार नेपाल फर्काउने तयारी भएको कतारवाट उद्धारमा संग्लग्न भएका चन्द्र सुर्यप्रकाश शर्माले जानकारी दिए ।

विभिन्न प्रलोभनमा परी कतार पुगेका सातै जनाको उद्धार गरिएको र योभन्दा पहिले पनि २० जनाको उद्धार गरी नेपाल पठाइएको जीसीलाई उद्धृत गर्दै कतारबाट चन्द्र सुर्य प्रकाश शर्माले जानकारी दिए ।

राप्ती प्लेसमेन्ट सर्भिसबाट कतार पुगेका नेपालीहरु ५ महिनासम्म तलब नपाएपछि अलपत्र परेका थिए । उनीहरु अलपत्र परेसँगै जीसीलगायत केही नेपालीले उद्धारको पहल थालेका थिए । अलपत्र नेपालीलाई स्वदेश फर्काउन गुल्मी सेवा समाजले टिकट सहयोग गरेको छ । भदौ-२४, २०७४

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्