24.1 C
Kathmandu
Thursday, April 18, 2024
Flowers in Chania

प्रदेश-२मा आज उम्मेद्वारी फिर्ताको समय, शनिबार चुनाव चिन्ह वितरण

- Advertisement -Flowers in Chania

असोज २ गते प्रदेश नम्बर २ अन्तर्गतका ८ जिल्लामा हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेद्वारको नामावली आज प्रकाशन हुँदैछ ।

बुधबार मनोनयन दर्ता गरेका उम्मेद्वार माथि आयोगले हिजो दावी विरोध दर्ताका लागि समय दिएको थियो । राती साढे ११ बजेसम्म दावी विरोधको उजुरीमाथि छानबिन सकि आज विहान साढे ११ बजेदेखि १ बजेसम्ममा उम्मेद्वारको नामावली प्रकाशन हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।

नामावली प्रकाशनपछि दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म उम्मेद्वारी फिर्ताको समय छुट्याइएको आयोगका प्रवत्ता नवराज ढकालले बताए । भोलि बिहान १० देखि ११ बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगले त्यस लगत्तै निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ । भदौ-२३, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्