27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 05:38

TRENDING .

प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी, मेक्सिकोमा फैलियो त्रास

- Advertisement -

एजेन्सी, मेक्सिकोको दक्षिणी तटीय क्षेत्र नजिकै प्रशान्त महासागरमा ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दू मेक्सिकोको पिजिजियापान शहरबाट ८७ किलोमिटर दक्षिण पश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्भेले पुष्टि गरेको छ । कम्पन ७० किलोमिटर तलबाट भएको थियो ।

मेक्सिको लगायत त्यस क्षेत्रका ग्वाटेमाला, एल साल्भाडोर, कोष्टारिका, निकारागुवा, पानामा र होण्डुरसमा समेत सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

भूकम्पको धक्का मेक्सिकोको राजधानीसम्म महशुस गरिएको थियो । राजधानीका घरहरु हल्लिएका थिए भने मानिसहरुको रोडमा भागाभाग भएको थियो । भूकम्पको धक्का करीव १ मिनेटसम्म महशुस गरिएको थियो । राजधानीका केहि स्थानमा बिद्युत अवरुद्ध भएको मेक्सिकोका अधिकारीहरुले जनाएका छन् ।

८.१ म्याग्निच्युडकै भूकम्प भएको पुष्टि भयो भने यो सन् १९९५ र १९८५ मा आएको भूकम्प भन्दा पनि ठूलो हुनेछ । मेक्सिकोमा गएको यसअघिको भूकम्पमा हजारौंको मृत्यु भएको थियो ।

भूकम्पपछि त्यस क्षेत्रमा ५.२ र ५.७ म्याग्निच्युडको बीचमा चार पटक पराकम्प गइसकेको बताइएको छ । हालै मेक्सिकाले सम्भावित समुद्री आँधी हरिकेनका कारण आफ्नो पूर्व तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा रहन भनेको थियो । भदौ-२३, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्