27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 05:40

TRENDING .

मधेसमा आज उम्मेदवारी दर्ता, यस्तो छ मतदाताको जातीय तथ्यांक

- Advertisement -

प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय निर्वाचन आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको छ । मधेसका ८ जिल्लाका कुल १३६ स्थानीय तहका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ ।

सरकारले आगामी असोज २ गते दुई नम्बर प्रदेशका ८ जिल्लामा तेस्रो चरणमा स्थानीय चुनाव गर्न लागेको हो । बाँकी जिल्लामा बैशाख ३१ र असार १४ गते दुई चरणमा यसअघि नै निर्वाचन सम्पन्न भइकेको छ ।

आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म प्रदेश नम्बर दुईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्लाका स्थानीय तहमा मनोनयन दर्ता हुनेछ ।

अघिल्ला चुनाव बहिस्कार गरेको राष्ट्रिय जनता पार्टीले समेत निर्वाचनमा सहभागिता जनाएकाले चुनाव शान्तिपूर्ण एवं उत्साहजनक रुपमा सम्पन्न हुनेमा सरकार र निर्वाचन आयोग दुबै विश्वस्त देखिन्छन् ।

तेस्रो चरणको चुनावबारे केही तथ्यांक

१. कुल ८ जिल्लाका १३६ स्थानीय तहमा चुनाव हुनेछ । यी स्थानीय तहबाट ६६२७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । यस चरणमा हुने निर्वाचनमा मतदाताको कुल संख्या २६ लाख ६४ हजार ९ सय ५० छ ।

२. चुनावका लागि निर्वाचन आयोगले २१६६ मतदान स्थल र ३५७८ वटा मतदान केन्द्र तोकेको छ ।

३. यो चरणमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा चुनाव हुँदैछ । यीमध्ये महानगरपालिका र उपमहानगरपालिकामा हुने निर्वाचनप्रति दलहरुको विशेष चासो देखिन्छ । चासो रहेका यी स्थानीय तहमा वीरगञ्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र जीतपुृर-सिमरा उपमहानगरपालिका पर्छन् ।

४. निर्वाचन आयोगले महिला, दलित र उल्पसंख्यकलाई उम्मेदवारी मनोनयनमा लाग्ने शुल्क ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

५. यो निर्वाचनमा विभिन्न ४४ वटा संस्थाका २ हजार भन्दा बढी पर्यवेक्षकहरुले निर्वाचन पर्यवेक्षणको अनुमति पाएका छन् ।

६. यो चुनावमा मुख्यतः नेपाली कांग्रेस, एमाले, माओवादी, राजपा, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम, राप्रपा र नयाँशक्ति लगायतका दलहरु चुनावी मैदानमा छन् । यी बाहेक अन्य सानाम पार्टी र स्वतन्त्र समेत चुनावी मैदानमा सहभागी हुँदैछन् । यी मध्ये पहिलो दल को बन्ने भन्नेमा ठूला दलहरुको चासो छ । भदौ-२१, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्