27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 04:36

TRENDING .

मानव किनबेच गर्ने कार्य निन्दनीय र जघन्य अपराध

- Advertisement -

परासी, सीता शर्मा । मानव भएर मानव लाई नै किनबेच गर्ने कार्य निन्दनीय र जघन्य अपराध भएको हुनाले यसलाई रोक्नका लागि सबै लाग्नु पर्ने एक कार्यक्रमका वक्क्ताहरुले जोड दिएका छन् । अझै पनि विभीन्न प्रलोभन देखाइ महिला तथा बालिकाहरुलाई किनबेच गर्ने कार्य नरोकिएको हुँदा यसका विरुद्ध लाग्न सरकारी तथा गैरसरकारी संघसंस्था र व्यक्ति स्वंय आफै चनाखो हुनुपर्ने उनिहरुले बताएका छन् ।
मानव बेचविखन तथा ओसार पोसार विरुद्धको ११ औ राष्ट्रिय दिवसको अवसर पारेर आज नवलपरासीको सदरमुकाम परासीमा भएको र्यालि तथा कोण सभामा बोल्ने बक्क्ताहरुले उक्क्त कुरा बताएका हुन् ।
मानव बेचविखन तथा ओसारपोसार विरुद्धको जिल्ला कार्यसमितीको संयोजकत्वमा र महिला तथा बालबालिका कार्यालय नवलपरासी , माइती नेपाल , क्रियाशिल पत्रकार महिला नवलपरासी , सेलर्ड , सामुदायिक रेडियो परासी ,रामगा्रम नगरपालिका , सुनवल नगरपालिका लगायतका अन्य गैरसरकारी संघसंस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न सचेतना मुलक सन्देशहरु भएको प्लेकार्ड सहित र्यालि निकालिएको थियो ।
बुद्धचोक बाट सुरु भएको र्याली लोकतान्त्रिक चोक , जिल्ला प्रहरी कार्यालय हुदै जिल्ला प्रशासन कार्यालयको प्राङगणमा पुगेर कोण सभामा परिणत भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाको अध्यक्षता र रामग्राम नगरपालिकाका उपमेयर रम्भा कुवंरको प्रमुख आथिथ्थतामा भएको कोण सभामा बोल्दै प्रमुख अतिथी रम्भा कुवंरले महिलाहरु आर्थिक रुपमा सक्षम नहुँदा अधिकांश रोजगारीको बहाना किनबेचमा परेको बताउनुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुंगानाले सरकारी कार्यालयको मात्र प्रयासमा मानव बेचविखनको समस्या समाधान हुन नसक्ने भएकाले यसको लागि सबै सरोकारवालाहरुले प्रभावकारी भुमिका खेल्नुपर्ने बताउनुभएको थियो ।
त्यस्तै कार्यक्रममा महिला तथा बालबालिका कार्यालय नवलपरासीका प्रमुख उर्वरा लुइटेल ले महिला तथा बालिका मात्र नभएर पछिल्लो समय पुरुषहरु पनि बेचविखनमा पर्ने गरेको हुनाले यो समस्या जटिल भएर आएको बताउनुभएको थियो । कार्यक्रममा माइती नेपाल नवलपरासीबाट सचेतना मुलक गित प्रस्तुत गरीएको थियो भने कार्यक्रमको सञ्चालन माइती नेपाल नवलपरासीका संयोजक माया क्षेत्रीले गर्नुभएको थियो । हरेक वर्ष भदौ २० गतेका दिन विभिन्न जनचेतनामुलक कार्यक्रम गरी राष्ट्रिय रुपमा यो दिवस मनाउने गरीन्छ । भदौ-२०, २०७४

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्