कावासोती, नवलपरासीमा २ छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परि ४ जना घाईते भएका छन । जसमध्ये २ जनाको अवस्था गम्भिर छ । प्रहरीले दिएको जानकारी अनुसार देवचुली नगरपालिका १४ दलदले ३६ घरेमा गएराती १० बजेतिर पश्चिमबाट पुवतर्र्फ जादै गरको लु २१ प ४९३९ नम्बरको मोटरसाईकलले पैदलयात्री सोहि ठाउ बस्ने ५१ वर्षको मिन वहादुर सिंजालीलाई ठक्कर दिदा उहा घाईते हुनुभएको छ उहाका अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ भने मोटरसाईकल चालक पर्वत स्थाई घर भई हाल देवचुली नगरपालिका १२ डेरा गरि बस्ने ३१ वर्षका शुरज प्रसाद भट्टराई गम्भिर घाईते भएका छन । उनको भरतपुरमा उपचार भैरहेको छ ।
त्यस्तै गैडाकोट नगरपालिका ७ जय श्री पुलमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ६ प ३७९७ नम्बरको माटरसाईकलले पैलयात्रीलाई ठक्कर दिदा २ जना घाईते भएका छन । पैलयात्री मोरङ्ग घर भई गैडाकोटमा मजदुरी गर्ने ३० वर्र्षका धनरु दास घाईते भएका हुन । मोटरसाईकल चालक गैडाकोट २ कालीकाचोक बस्ने २५ वर्षको सुनिल शर्मा गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । भदौ-२०, २०७४