सगरसाथा इन्सुरेन्स कावासोतीले सोमबार दुर्घटनामा मृत्यु भएका व्यक्तिको हकवालालाई बिमा रकम बापतको चेक हस्तान्तरण गरेको छ । कम्पनीको कार्यालयमा एक कार्यक्रमका विच शाखा प्रमुख उत्तम लामीछानेले सवारी दुर्घटनामा ज्यान गुमाएका कावासोती ८ का कासीनाथ बास्तोलाको श्रीमती विमला बास्तोला लाई पाचं लाखको चेक हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा नवलपुर ट्याक्टर समितीका अध्यक्ष शिब गिरी मार्फत पीडितलाई रकम प्रदान गरीएको थियो । ना ३ ख ४८३० नम्बरको ट्याक्टरले लु ३१ प४७६ नम्बरको मोटरसाईकलालाई ठक्कर दिदा उपचारको क्रममा मृत्यु बास्तोलाको मृत्यु भएको थियो । चेक हस्तान्तरण कार्यक्रममा ट्याक्टर समितकिा अध्यक्ष गिरीले गाउ गाउंमा आउर सगरमाथा इन्सुरेनसले सेवा दिईरहेको बताउनुभयो । दुर्घटना हुनु दुखद भएपनि घटना परिसकेपछि केही भएपनि राहात हुनेभएकाले विमा अनिवार्य भएको बताउनुभयो ।