27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 05:42

TRENDING .

प्रदेश २ का आधाजसो मतदानस्थल अति संवेदनशील, कुन जिल्लामा कति ?

- Advertisement -

आगामी २ असोजमा स्थानीय तह निर्वाचन हुने प्रदेश नं. २ का आधाजसो मतदानस्थललाई प्रहरीले अति संवेदनशील सूचीमा राखेको छ । आठ जिल्लाका दुई हजार १६६ मध्ये एक हजार तीन मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेर सुरक्षा योजना बनाइएको छ । मतदानस्थललाई सुरक्षा निकायले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरेको छ ।

सप्तरीलाई सुरक्षाका दृष्टिकोणले सबैभन्दा चुनौतीपूर्ण जिल्ला मानिएको छ । आइतबार जनकपुरमा सम्पन्न प्रदेश नं. २ को सुरक्षा गोष्ठीमा सुरक्षा योजनालाई अन्तिम रूप दिई कार्यान्वयन अघि बढाइएको छ ।

सिरहाका दुई सय २१ मतदानस्थलमध्ये एक सय नौलाई अति संवेदनशील सूचीमा राखिएको छ । त्यस्तै, ८४ स्थललाई संवेदनशील र २८ लाई सामान्यको सूचीमा राखिएको छ । सिरहामा नौ सय ६० प्रहरी कार्यरत रहेकोमा २१ सय थप गरिदैछ ।

सप्तरीका १८ स्थानीय तहमध्ये १३ वटालाई अति संवेदनशील सूचीमा राखिएको एसपी मुकेश सिंहले बताए । सप्तरीमा दुई सय ९५ मतदानस्थल छन्, जसमा दुई सय ६ वटालाई अति संवेदनशील र बाँकी ८९ वटालाई संवेदनशीलमा राखिएको छ ।

धनुषामा दुई सय २२ वटा अति संवेदनशील र बाँकी एक सय पाँचवटालाई संवेदनशीलमा राखिएको छ । महोत्तरीमा एक सय ३५ अति संवेदनशील, ९७ संवेदनशील तथा २६ वटा सामान्य मतदान केन्द्रमा परेका छन् ।

सर्लाहीमा एक सय ४१ अति संवेदनशील, एक सय ५१ संवेदनशील तथा २५ वटा सामान्य मतदानस्थल रहेको संघीय प्रहरी एकाइ जनकपुरका एसएसपी सुभाषचन्द्र चौधरीले बताए ।

संघीय प्रहरी एकाइ वीरगन्जका प्रमुख एसएसपी सूर्यप्रसाद उपाध्यायका अनुसार पर्सामा ७३, बारामा ६६ तथा रौतहटमा ८२ वटा मतदानस्थल सुरक्षाको दृष्टिकोणले संवेदनशीलको सूचीमा छन् । त्यस्तै, पर्सामा ८९, बारामा एक सय २९ र रौतहटमा ८७ संवेदनशीलको सूचीमा छन् ।

पर्साका १५, बाराका एक सय नौ र रौतहटका ८७ मतदानस्थल सामान्य वर्गमा छन् । पर्सामा एक हजार प्रहरी कार्यरत रहेकोमा दुई हजार पाँच सय थप गरिएको छ । त्यस्तै, बारामा तीन हजार पाँच सय तथा रौतहटमा ३२ सय नेपाल प्रहरीबाट खटिनेछन् । अति संवेदनशीलमा ११, संवेदनशीलमा नौ तथा सामान्य मतदानस्थलमा सातजना प्रहरी खटाउने सुरक्षा योजनामा उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । भदौ-१९, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्