27 C
Kathmandu
Wednesday, March 3, 2021
2021 Mar 03, Wednesday 09:20

TRENDING .

विदेशको एउटै कार्यक्रममा १० सचिव र १४ सहसचिव जाँदै

- Advertisement -

सरकारका १० सचिव, १४ सहसचिव र एक उपसचिवसहितको जम्बो टोली विदेश भ्रमणमा निस्कने तयारीमा छ । कर्मचारीमा विदेश भ्रमणको मोह बढेको भन्दै आलोचना भइरहँदा एउटै कार्यक्रमका लागि उच्चस्तरको भ्रमण हुन लागेको हो ।

चीन सरकारको आमन्त्रणमा हुन लागेको कार्यक्रममा सहभागी हुन सचिव र सहसचिवहरू १२ देखि २५ सेप्टेम्बरसम्म चीन भ्रमणमा रहनेछन् । उनीहरू चीन सरकारको सार्वजनिक प्रशासनको अवलोकनका लागि १३ दिन लामो भ्रमणमा निस्कन लागेका हुन् ।

सामान्य प्रशासन मन्त्रालयले भ्रमणको समन्वय गरिरहेको छ । सामान्यले दुई देशका उच्च सरकारी अधिकारीबीच सार्वजनिक प्रशासनको अनुभव आदानप्रदान र विकासका मोडलहरूको अध्ययन गर्न त्यस्तो भ्रमण हुन लागेको बताएको छ । चीन र नेपाल सरकारबीच भएको समझदारीअनुसार तीन वर्षदेखि हरेक वर्ष यसरी नेपालबाट उच्चस्तरको भ्रमण हुने गरेको मन्त्रालयका एक अधिकृतले बताए । तर, चीन सरकारका कर्मचारीहरू भने त्यसरी नेपाल भ्रमणमा आउने नगरेको मन्त्रालयले स्रोतले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । भदौ-१८, २०७४

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्