27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 09:14

TRENDING .

डोल्पाको चामल २ वर्षदेखि काठमाडौंमा, स्थानीय भोकै

- Advertisement -

जिल्लाको उत्तरी क्षेत्रका जनताले दुई वर्षदेखि सहुलियतको चामल र नुन खान पाएका छैनन् । केरुङ नाकाबाट तिब्बतको बाटो हुँदै खाद्यान्न लगिने गरेकोमा कर बढाइएको भन्दै ठेकेदारले खाद्यान्न ढुवानी गरेका छैनन् ।

उपल्लो डोल्पाका लागि आर्थिक वर्ष ०७२–७३ देखि छुट्याइएको ३८ सय क्विन्टल चामल र तीन हजार क्विन्टल नुन काठमाडौंकै गोदाममा थन्किएको ठेकेदार विजय रोकाले बताए । पछिल्लो समय केरुङ नाकामा भन्सार दर बढाएपछि खाद्यान्न ढुवानी गर्न नसकेको ठेकेदार रोकाको भनाइ छ । ‘

‘केरुङ नाकामा भन्सार दर बढाइएको छ, त्यसकारण खाद्यान्न ढुवानी गर्न सकिएन,’ रोक्काले भने ।

उपल्लो डोल्पामा तिब्बतको बाटो हुँदै खाद्यान्न पुर्याइन्छ । रसुवाको केरुङ नाकाबाट तिब्बत प्रवेश गरी ट्रकले उपल्लो डोल्पाको सीमासम्म खाद्यान्न पुर्याउँछन् । त्यहाँबाट खच्चरमार्फत नेपालतर्फ खाद्यान्न ढुवानी हुन्छ । सरकारले त्यहाँ वर्षको एकपटक मात्र खाद्यान्न पुर्याउने गरेको थियो ।

प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्य संकट हुन्छ । खाद्य संकट हुन नदिन सरकारले पठाएको सहुलियतको खाद्यान्न काठमाडौंमै थन्किँदा स्थानीय मारमा परेको खबर नयाँ पत्रिका दैनिकले लेखेको छ । भदौ-१७, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्