24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

सदरमुकाम कावासोतीमा नै हुन्छ – नेपाली काग्रेस नवलपरासी-भिडीयो सहित

- Advertisement -Flowers in Chania

खगराज सापकोटा
भदौ १६ – नवलपरासी जिल्ला टुक्रिएसंगै नयां जिल्लाको सदरमुकाम कहां राख्ने भन्ने विषयमा बहस सुरु भएको छ । कावासोतीमा ईलाका प्रशासन , मालपोत , विदुत लगायतका कार्यालय यसअघि नै भएकाले यसैलाई सदरमुकाम बनाउने अधिकासं दलहरुको तयारी रहेको छ । तर , पछिल्लो समय सदरमुकामका विषयमा विभिन्न स्थानको चर्चा सुरु भएपछि नेपाली काग्रेसले सदरमुकाम कावासोती नै हुने अडान राखेको छ । [wpdevart_youtube]qQR6E9iwsiQ&feature=youtu.be[/wpdevart_youtube]

शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै नेपाली काग्रेस नवलपरासीका सभापती विष्णु लामीछानेले सदरमुकामका लागि नयां जिल्लाका सबै स्थानीयलाई पायक पर्ने स्थान कावासोती भएकाले यही नै सरकारी कार्यालयको व्यवस्थापन हुने बताए । ‘पुर्वमा गैडाकोट पश्चिममा दाउन्ने , दक्षिणमा सुस्ता र पहाडी भेगलाई समेत पायक पर्ने स्थान कावासोती हो । ’उनले भने , ‘ अधिकासं कार्यालय यही भएकाले कावासोती नै उपयुक्त स्थान हो । ’
आफ्नो पार्टी सरकारमा भएकाले अन्य दलका साथीहरु संग सल्लाहा गरेर कार्यालय व्यवस्थापन गरीने काग्रेसले जनाएको छ । स्थानीय विकास अधिकारी , सिडियो लगाएतका आवश्यक कार्यालयका प्रमुखको नियुक्तीका लागि सर्वदलीय सम्यन्त्र काठमाण्डौ गएर दवाब दिने तयारी छ । ५५ वर्षपछि अघि एक भएको जिल्ला पुनं टुक्रिएपछि नवलपुरबासी खुसी भएका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्