8.1 C
Kathmandu
Flowers in Chania

मृतकका परिवारलाई ७ लाख क्षतिपूर्ति दिन भन्दै विदेशिने कामदारले सरकारलाई तिर्ने शुल्क बढाईयो

- Advertisement -

सरकारले विदेशिने कामदारसँग लिने कल्याणकारी शुल्कमा वृद्धि गरेको छ । बैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु भएमा सम्बन्धित परिवारलाई ७ लाख क्षतिपुर्ति दिने भन्दै वैदेशिक रोजगार कल्याणकारी कोषका लागि लिइने शुल्कमा ५ सयदेखि १५ सय रुपैयाँसम्म वृद्धि गरिएको हो । अव कामदारले यसअघि भन्दा अढाई गुणासम्म बढी शुल्क तिर्नुपर्ने छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आज सोमबारबाट लागू हुने गरी ३ वर्षसम्मका लागि श्रम स्वीकृति लिएर विदेशिने कामदारसँग अब १५ सय रुपैयाँ शुल्क लिने भएको छ ।

त्यसैगरी ३ वर्षभन्दा बढी समयका लागि जानेले २५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए । यसअघि सबै किसिमका श्रम स्वीकृति लिनेका लगि १ हजार मात्रै शुल्क थियो । अब खाडी मुलुक जाने कामदारले सरकारलाई १५ सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ भने कोरिया, जापान, इजरायल, अमेरिका लगायत युरोपेली देशका वर्किङ भिसामा ३ वर्षभन्दा बढी अवधिका लागि जाँदा २५ सय रुपैयाँ तिर्नुपर्नेछ ।

कल्याणकारी कोष विदेशमा मृत्यु भएका, अङ्गभङ्ग भएका र बिरामी परेकाहरुलाई क्षतिपूर्ति दिन बनाइएको कोष हो । कोषमा अहिले ४ अर्ब रुपैयाँ जम्मा भएको छ । बोर्डले सोमबारदेखि नै लागू हुने गरी विदेशमा मृत्यु भएका कामदारका परिवारलाई दिने क्षतिपूर्ति ४ लाख रुपैयाँ बढाएको छ । अहिलेसम्म विदेशमा ज्यान गुमाएका कामदारका परिवारले ३ लाख मात्रै क्षतिपूर्ति पाउँदै आएका थिए ।

अब विदेशमा मृत्यु भएका कामदारका परिवार ७ लाख रुपैयाँ क्षतिपूर्ति पाउनेछन् । तत्कालीन प्रधानमन्त्री प्रचण्डले क्षतिपूर्ति रकम ७ लाख पुर्‍याउने घोषणा गरेपनि कार्यान्वयन हुन सकेको थिएन । क्षतिपूर्ति बढाएपछि कल्याणकारी कोष बापतको शुल्क वृद्धि गर्नु परेको बोर्डको तर्क छ । क्षतिपूर्ति बढाएर सकारात्मक काम गरेपनि आर्थिक भार भने कामदारमाथि नै थोपारिएको छ । साउन-१६, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्