भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्न सर्वोच्च अदालतले फैसला गरेको छ । पुनः मतदान गर्ने वा मतगणना भन्ने विवादमा सर्वोच्चको सुनुवाई आज सकिएको हो । मुद्दाको सुनुवाई न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले आज यस्तो फैसला गरेको हो ।
मतपत्र च्यातिएपछि निर्वाचन अयोगले यस अघिनै भरतपुरको १९ नम्बर वडामा फेरि निर्वाचन गराउने निर्णय गरेको थियो ।
आयोगको निर्णय चित्त नबुझेपछि नेकपा एमालेका वडा सदस्य गुञ्जमान विक सर्वोच्च अदालत गएका थिए । सोहि विषयमा फेरि निर्वाचन गराउने कि मतगणना नै कायम राख्ने भन्ने बहस भइरहेको छ ।
एमालेले फेरि निर्वाचन गर्न नहुने बताएको छ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कि छोरी रेणु दाहाल र एमालेका देवी ज्ञवाली मेयर पदमा प्रतिस्पर्धामा छन् । साउन-१५, २०७४