नवालपरासीका छुट्टा छुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ३० जना गईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत देबचुली नगरपालीका-१ हमाल चोकमा पश्चिम बाट पुर्ब तर्फ जादै गरेको ना ३ ख ८११२ नम्बरको बसले यात्रु चढाउने क्रममा सोही दिशा तर्फ बाट जादै गरेको ना ५ ख ७६३४ नम्बरको बसले पछाडिबाट ठक्कर दिदा दुबै बसमा सवार अन्दाजी ७० जना मध्य २९ जना ब्यक्तिहरू घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारको लागी पुराने मेडिक कलेज भरतपुर चितवन र देबचुली मेडिकल नवलपरासी पठाईएको छ । दुबै बसलाई प्रहरीले नियन्त्रणमा लिएको ईप्रका कावासोतीले जनाएको छ ।
त्यसैगरी सुनवल नगरपालीका १ नदुवा चोक स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको लु १ ख ३९१७ नम्वरको बसले एक जना महिला लाई ठक्कर दिदा घाईते भएकी छन् । उनको नाम नखुलेको प्रहरीले जनाएको छ । अन्दाजी बर्ष ५०।५५ बर्षकी ति महिलालाई उपचारको लागी लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाईएको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।