27 C
Kathmandu
Saturday, July 31, 2021

नवलपरासीको कावासोतीमा आप्रवासी श्रमिकको अधिकार सुनिश्चित गर्न हस्ताक्षर अभियान

- Advertisement -
- Advertisement -spot_imgspot_img

बैदेशिक रोजगारीमा जाने नेपाली आप्रवासी श्रमिकहरुको अधिकार सुरक्षित गर्न आज नवलपरासीको कावासोतीमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको छ । एम्नेष्टी ईन्टरनेश्नल नेपालद्धारा आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चित र उनीहरुको समस्या प्रति सरकारलाई संवेदनशिल बनाउने उद्देश्यले संचालन गरिएको राष्ट्रव्यापी दबाबमुलक अभियान ‘क्याराभान‘ अन्तर्गत आज कावासोती फलफुल चोकमा हस्ताक्षर संकलन गरिएको हो । आप्रवासि कामदारको अधिकार संरक्षणका लागी भन्दै चेतनामुलक कार्यक्रमका साथै हस्ताक्षर संकलन गरिएको बताईएको छ । बैदेशिक रोजगारीमा जाने नेपाली आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चित गराउन, श्रमिकहरुको अधिकार उलङ्गन भएको अवस्थामा न्याय कसरी सुरक्षित गर्ने र सरकारलाई यससम्बन्धी समस्याहरुको संबोधन गर्न पहलहरु चाल्न साकारात्मक दबाब दिने उद्देश्यले यो ‘क्याराभान‘ अभियान चलाइएको छ । ‘आप्रवासी श्रमिकहरुको अधिकार सम्बन्धी क्याराभान २०७४ नामक अभियान दुईचरणमा संचालन गरिएको छ । श्रावण ५ गते झापाको काकर भिट्टादेखि बिराटनगर, ईटहरी, ईनरुवा, राजविराज, लहान, जनकपुर, जलेश्वर हुदै लालबन्दीमा हस्ताक्षर संकलन र विभिन्न छलफल गर्दै पहिलो चरणको अभियान सकिएको थियो भने चितवनदेखि शुरु भएको दोश्रो चरणको अभियान अन्तर्गत नवलपरासीको कावासोतीमा हस्ताक्षर संकलन गरिएको हो । हस्ताक्षर संकलन कार्यक्रममा कावासोतीका करिब ५ सय जनाले हस्ताक्षर गरेका छन । आज कावासोतीमा हस्ताक्षर गर्ने सम्पूर्णले एम्नेष्टी इन्टरनेशनलको यो अभियानमा सहयोग गर्ने भन्दै ऐक्यवद्धता जनाउदै हस्ताक्षर गरेका हुन । कार्याक्रममा स्थानियको उल्लेख्य सहभागीता रहेको थियो । एम्नेष्टी ईन्टरनेश्नल नेपालका महासचिब निराजन थपलिया, सचिवालय सदस्य, स्थानियढ संयोजक तारा रिमाल, ए आई नेपाल समुह ४० कावासोती संयोजक लगाएत एम्नेष्टीका प्रतिनिधीको सहभागीता रहेको थियो । यस्तै सो कार्यक्रम नवलपरासिको परासिमा पनि भएको छ । आजै कावासोती हुदै परासी सदरमुकाम परासि पुगी हस्ताक्षर संकलन गरेको हो । यो अभियान रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, कैलाली हुदै कन्चनपुर सम्म पुग्ने भएको छ । यस क्याराभान अभियान अन्तर्गत श्रमिकहरुको अधिकार सम्बन्धी सर्वपक्षिय अन्तरकृयात्मक छलफल कार्यक्रम र सार्वजनिक स्थलमा सडक नाटक, नृत्य, फ्ल्यास मोब, डेमो र हस्ताक्षर संकलनका कार्यक्रमहरु गरिने एम्नेष्टी नेपालका महासचिव लेखनाथ निरौलाले बताए । यस अभियानमा सम्बनिध्त निकायका प्रतिनिधि, राजनितिक दल, नागरिक समाज, सञ्चारकर्मी, एम्नेष्टीका अभियन्ता, विभिन्न सामाजिक एवं मानवअधिकार संगठन, सुरक्षित आप्रवासन संघ संस्था, विदेश जाने ईच्छुक व्यक्ति, शिक्षक, विद्यार्थी र बुद्धिजिविहरुको उपस्थिती गराउने गरिएको महासचिव निरौलाले जानकारी दिए । हस्ताक्षर संकलन अभियानमा ऐम्नेष्टी नेपालका महासचिव निरौला, केन्द्रिय सदस्य सुरेश उपाध्याय, संगिता चापागाई, विपिन बुढाथोकी, डायरेक्टर निराजन थपलिया, म्यानेजर श्रद्धा थापा, प्रेस अफिसर गौरवचन्द्र गुरुङ्ग, लेखापाल सर्मिला मगर, एमेन्जटी परासीका संयोजक बिजय जयसवाल, सचिव हुसैन अंसारी, कोषाध्यक्ष सुरज यादव, नागरिक समाजका अध्यक्ष सम्भु उपाध्याय लगायत एम्नेष्टीका विभिन्न सदस्यहरुको उपस्थिती रहेको रहेको ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्