27 C
Kathmandu
Saturday, July 31, 2021

नेपाली क्रिकेटरले पाए एक वर्षको तलब

- Advertisement -
- Advertisement -spot_imgspot_img

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली क्रिकेटरहरुको एक वर्षको तलब पठाएको छ । नेपाल क्रिकेट एशोसिएसन निलम्बनमा परेपछि क्रिकेटरहरुको तलब समेत रोकिएको थियो । आईसीसीले एशोसिएसनलाई दिने रकमबाट काटिने गरी हालै मात्र ३३ क्रिकेटरको सन् २०१६ को तलब पठाएको हो ।

क्रिकेट टिमका प्रशिक्षक र म्यानेजरले यो वर्षमा खेलेका खेलाडीहरुको नाम पठाएको थियो । उनीहरुले तलब पाएका छन् । खेलाडीहरुको ग्रेडअनुसार तलब आएको छ ।

क्रिकेट संघले आईसीसीबाट निलम्बनमा पर्नुअघि ए, बी र सी गरेर खेलाडीहरुको ग्रेडिङ गर्दै तलब तोकेको थियो । त्यसबेला ए ग्रेडका खेलाडीले मासिक ३५ हजार, बी ग्रेडले २५ हजार र सी ग्रेडले मासिक १० हजार तलब पाउने व्यवस्था गरिएको थियो । साउन-१२, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्