27 C
Kathmandu
Sunday, May 16, 2021

भरतपुर मत गणना मुद्दाको बहस सकियो, आइतबार फैसला

- Advertisement -
- Advertisement -spot_imgspot_img

भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामाथिको बहस सकिएको छ । मुद्दाको पक्ष र विपक्ष दुवैतर्फका वकिलहरूले बहस गरेर सकेका छन् । आज रिट निवेदकको विपक्षमा महान्यायाधिवक्ता रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गरे भने पक्षमा महादेव यादवले बहस गरेका थिए ।

बहस सकिए पनि प्रतिरक्षा बहस बाँकी भएकाले आज फैसला भने आउने छैन । प्रतिरक्षा बहस आजै सुरु हुने र आइतबार सकिने सम्भावना रहेको सर्वोच्चले जनाएको छ । गएको मंगलबार न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलाशमा रहेको मुद्दालाई नभ्याइएको भन्दै हेर्दाहेर्दैमा राखिएको थियो ।

पेसी तोकिए पनि समय अभावको कारण देखाउँदै रिटको बहस पटक पटक स्थगित हुँदै आएको छ । भरतपुरको मतगणना भइरहेका बेला मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णयविरुद्ध गत जेठ २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । महानगरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भएको छ । निर्वाचन आयोगले १९ वडामा पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमाले सर्वोच्च अदालत गएको थियो । साउन-१२, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्