27 C
Kathmandu
Sunday, May 16, 2021

बस पुलबाट खस्यो, १ जना बेपत्ता, २ जना च्यापिए, ९ जना घाइते

- Advertisement -
- Advertisement -spot_imgspot_img

लमजुङ्ग,लमजुङको मध्यनेपाल नगरपालिका ८मा पर्ने कास्की र लमजुङ जोड्ने मोटरेवल पुल भाँचिएर यात्रुबस खोलामा खस्दा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइतेको गण्डकी मेडिकल कलेज पोखरा र रामबजारको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

पोखराबाट कामस्कप्को बिलुवावेसी जाँदै गरेको ना ५ ख ६३९५ नम्बरको यात्रुबस लमजुङको सीमाक्षेत्र रुदी खोलाको पुल गर्ने क्रममा पुल भाँचिएपछि खोलामा खसेको थियो ।

दुर्घटनामा एक जना पुरुषलाई खोलाले बगाएर बेपत्ता बनाएको लमजुङका प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले प्रहरीलाई उदृत गर्दै जानकारी दिए । त्यस्तै दुर्घटनाग्रस्त बसभित्र दुई जना च्यापिएको उनले जानकारी दिए । आफू घटनास्थलतर्फ जाँदै गरेको बताउँदै प्रजिअ मैनालीले च्यापिएकाको छिट्टै उद्दार हुने बताए ।

बसमा करीव ३५ यात्रु सवार रहेको र अन्यलाई सामान्य चोटपटक लागेकाले उपचारपछि घर फर्किसकेको उनले जानकारी दिए । रुदीखोला जलबिद्युत परियोजनाले निर्माण गरेको मोटरेवल पुल भाँचिएको हो ।

साउन-१२, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्