27 C
Kathmandu
Saturday, July 31, 2021

सरकारमा १९ मन्त्री थपिए, यी हुन देउवाका अबका सारथी (नाम सहित)

- Advertisement -
- Advertisement -spot_imgspot_img

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका हुन् । यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ । सरकारको प्रवक्ता समेत हुने सञ्चार मन्त्रालयमा मोहनबहादुर बस्नेत मन्त्री भएका छन् ।

को-को भए मन्त्री ?

नेपाली कांग्रेसबाट मन्त्री हुनेहरुमा वीरबहादुर बलायर, अम्बिका बस्नेत, महेन्द्र यादव र मीन विश्वकर्मा छन् । चारै जना पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् ।

बलायरले भौतिक पूर्वाधार, बस्नेतले सहकारी तथा गरीबी निवारण, यादवलेे खानेपानी र विश्वकर्माले वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट रामकृष्ण यादव, यज्ञबहादुर थापा, सञ्जय गौतम र राजन केसी मन्त्री भएका छन् । यादवले कृषि, थापाले कानुन, गौतमले सिचाई र केसीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । साउन-११, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्