27 C
Kathmandu
Saturday, July 31, 2021

मध्यविन्दु नगरपालिकामा बालमैत्री कार्यक्रमलाई अब निती तथा कार्यक्रममा समावेश गरिने

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासीको मध्यविन्दु नगरपालिकामा बालमैत्री कार्यक्रमलाई निती तथा कार्यक्रममा समावेश  गरिने भएको छ ।
मध्यविन्दु नगरपालिकाको निती तथा कार्यक्रममा बालमैत्री कार्यक्रमहरु समावेश नगरिएको , बालबालिकाको क्षेत्रमा योजना नपारिएको भन्दै नगरभित्र सक्रिय रहेका विभिन्न बाल संजालहरुले नगर प्रमुख रानालाई यस अगि नै ध्यानाकर्षण गराएका थिए । कामना फाउन्डेशन नेपालको संयोजकत्वमा मध्यविन्दु नगरपालिकाभित्रका बाल संजाल , बाल क्लबहरुका प्रतिनिधीहले मंगलवार नगर प्रमुख रानालाई भेटेर छलफल गरेका थिए । सो छलफलमा नगर प्रमुख रानाले बाल भेलाबाट आएका बालबालिकाहरुका योजनाहरुलाई निती तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता जनाउनुभएको कामना फाउन्डेसनका अध्यक्ष खिमानन्द देवकोटाले बताए ।
यस्तै मध्यविन्दु नगरपालिकामा यहि साउन महिनाभित्र वडा स्तरी बाल संजाल र नगर बाल संजाल गठन गर्ने समेत निर्णय भएको देवकोटाले बताएका छन । बाल संजाल गठन भएपछि बालबालिकाका योजनाहरु तय गरिने छ र ती योजनाहरु निती तथा कार्यक्रममा समावेश गरिने देवकाटोले बताएका छन । साउन-११, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्