27 C
Kathmandu
Saturday, May 8, 2021

एक वर्षभित्र सातै प्रदेशबाट भिषा

- Advertisement -
- Advertisement -spot_imgspot_img

गृह मन्त्रालयले १ वर्षभित्र सातवटै प्रदेशबाट प्रवेशाज्ञा (भिषा) जारी गर्ने भएको छ । केन्द्रमा देखिएको सेवाग्राहीको चाप व्यवस्थापन तथा प्रविधियुक्त अध्यागमन कार्ययोजना लागू गर्न अध्यागमन विभागले सबै प्रदेश र पर्यटकीय गन्तव्यका रुपमा रहेका स्थानबाट भिषा जारी गर्न प्रक्रिया अघि बढाएको हो ।

२०७५ असोजभित्र यो सुविधा सबै प्रदेश तथा अन्तर्गतका कार्यालयबाट उपलब्ध गराइनेछ । विभागका महानिर्देशक गंगालाल गेलालका अनुसार आवश्यकता, औचित्य र सेवाग्राहीको चापका आधारमा प्रदेशअन्तर्गतका विभिन्न स्थानमा भिषा सेन्टर स्थापना गरिने छ ।

यसका लागि निश्चित मापदण्ड र निर्देशिकासमेत बनाएर भिषा कागजात जारी गर्न निजी क्षेत्रलाई समेत सहभागी गराउने विभागको तयारी छ । आजको कारोबार दैनिकमा खबर छ । साउन-११, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्