27 C
Kathmandu
Saturday, May 8, 2021

नवलपरासीमा सवारी दुर्घटनामा १ सय ३५ जनाले ज्यान गुमाए, अघिल्लो वर्ष भन्दा गत वर्ष मर्नेको संख्या बढ्यो

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, ज्ञानु पंगेनी । नवलपरासीमा सवारी दुर्घटनामा परि १ सय ३५ जनाले ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा पूरुष बढि छन । एक सय जना पुरुषले ज्यान गुमाएका छन भने २५ जना महिलाले ज्यान गुमाएका छन । यस्तै ज्यान गुमाउने बालवालिकाको संख्या १० रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । यो गत आर्थिक वर्षको तत्थ्यंक हो ।  गएको आर्थिक बर्षमा भएका १ सय ८६ वटा सवारी दुर्घटनामा परी उक्त संख्यामा मानिसले ज्यान गुमाएका हुन भने १ सय ४६ जना गम्भिर घाईते भएका छन ।
ट्रक, बस , जिपकार , ट्याक्टर ,मोटरसाईकल , साईकल गरी कुल २ सय ९० वटा सवारी साधन दुर्घटनामा परेका थिए । जस मध्ये सबैभन्दा बढि मोटरसाईकल दुर्घटनामा परेको पाईएको छ । १ सय ८६ दुर्घटनामा मोटरसाईकल दुर्घटना १ सय २३ रहेको छ ।
आर्थिक बर्ष २०७४/०७५ मो मंसीर महिनामा भएका २० वटा दुर्घटना सबै भन्दा धेरै २४ जनाले ज्यान गुमाएका छन । मंसीर महिनामा भएको सवारी दुर्घटनामा परी १७ जना पुरुष , ५ जना महिला र २ जना बालवालिकाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकृत पदम बडुले बताएका छन ।
नवलपरासीमा दुर्घटनामा परि आर्थिक वर्ष ०७२/ ०७३ मा भन्दा गत वर्ष ०७३/०७४ मा ज्यान गुमाउने बढि छन । आर्थिक वर्ष ०७२/०७३ मा १ सय २६ जनाले ज्यान गुमाएका थिए । गत वर्षमा ९ जना बढिले ज्यान गुमाएका छन ।
यसैबिच गत आर्थिक वर्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले १ करोण ७९ लाख ५६ हजार ५ सय रुपैया राजश्व संकलन गरेको वडुले जानकारी दिए । एक वर्षभरिमा ट्राफिक नियम उल्लङ्गघन गर्ने ३१ ह्जार ४१ वटा सवारी साधनबाट सो बराबरको राजश्व संकलन भएको उनले बताए । कारवाहिमा सबैभन्दा बढि मोटरसाईकल नै परेको उनले बताए ।
नवलपरासी जिल्लामा राजमार्गको दुरी लामो भएका कारण पनि यहा बढि दुर्घटना हुने गरेको छ । नवलपरासीमा पुर्वपश्चिम राजमार्गको ९९ किलोमिटरको दुरी पार गर्नुपर्छ । लामो दुरीका कारण  सवारी दुर्घटना बढि हुने गरेको ट्राफिक प्रहरीको भनाई छ । लामो दुरी त्यसमा पनी दाउन्ने डाडाको १४ किलोमिटरको क्षेत्र र अझ खास गरि यस मोडमा बढि दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रमुख धम्रेन्द्र रावलले बताए । दाउन्नेमा धेरैजसो मालवहाक ट्रक दुर्घटना हुने गरेका छन । ट्रक उकालो चढ्ने तर ओरालोमा लोडका कारण ब्रेक फेल भएर बढि दुर्घटना हुने गरेको रावलले बताए ।
मोटरसाईकल र बसले पनी घुम्तीमा ओभरट्याक गर्न खोज्दा बढि दुर्घटना हुने गरेको उनी बताउछन । दुर्घटनाग्रस्त क्षेत्र भनेर स्पष्ट बोर्ड हुदा समेत चालकले लापरवाहि तरिकाले सवारी चलाउदा नै बढि दुर्घटना हुने गरेको रावलको भनाई छ । अहिले भने बर्दघाटको घुम्तीदेखि दुक्विाससम्म कन्भेक्स मिरर राखेका कारण यस क्षेत्रमा दुर्घटनामा केहि कमि आएको रावलले बताएका छन । कन्भेक्स मिरर नहुदाको अवस्थामा दैनिजसो यहा दुर्घटना हुने गरेको र अहिले भने त्यस्तो अवस्था नरहेको रावलले बताएका छन ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्