27 C
Kathmandu
Saturday, July 31, 2021

विश्वकप छनौटमा कप्तान सन्दीपको नायकी, नेपालले मलेसियालाई ५ विकेटले हरायो

- Advertisement -
- Advertisement -spot_imgspot_img

कप्तान सन्दीप लामिछानेको घातक बलिङको मद्दतले नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्न सफल भएको छ ।

सिंगापुरमा जारी आइसीसी एसिया अन्डर १९ विश्वकप छनौट प्रतियोगितामा नेपालले चौँथौ जीत निकाल्न सफल भएको हो ।

९० रनको झिनो लक्ष्य पाएको नेपालले मात्र २२.२ ओभरमा उक्त लक्ष्य भेट्याएको थियो ।

नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ३४ रनको योगदान दिए । उनले यसक्रममा ६ चौका हिर्काएका थिए ।

उनलाई दिपेन्द्रसिंह ऐरले १९ तथा ओपनर सन्दीप सुनारले १५ रन बनाएर साथ दिए ।

यसअघि, कप्तान सन्दीपले ७ विकेट लिएपछि मलेसिया ८९ रनमा अलआउट हुन पुगेको थियो ।

सन्दीपले ९.१ ओभर बलिङ गर्दै १ मेडनसहित मात्र १३ रन खर्चेर सात विकेट लिए । शहबाब आलमले २ विकेट लिए ।

मलेसियाका लागि ओपनर सायेद अजिजले ४६ रन बनाउनबाहेक अन्य कुनै ब्याटसम्यानले ठूलो योगदान दिन सकेनन् ।

जीतसँगै नेपालले विश्वकपमा छनौट हुने आशा कायम राखेको छ ।

नेपालले हालसम्म पाँचमध्ये चार खेल जितेको छ । नेपालले दुवैपटक मलेसिया र सिंगापुरलाई पराजित गर्न सफल रहेको छ भने एक मात्र खेलमा अफगानिस्तानसँग पराजित भएको छ । राउन्ड रोबिन लिगको आधारमा प्रतियोगिताको विजेता अर्को वर्ष न्युजिल्यान्डमा हुने आर्यसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।साउन-९, २०७४

 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्