27 C
Kathmandu
Saturday, May 8, 2021

नवलपरासीको मदार बाबाको ४० लाख रकम हिनामिना गरेको आरोप

- Advertisement -
- Advertisement -spot_imgspot_img

परासी, हुसेन अन्सारी । मुस्लिम समुदायको ऐतिहासिक एवं धार्मिकस्थल नवलपरासीको मदार बाबाको ४० लाख रुपैयाँ हिनामिना भएको स्थानीयले आरोप लगाएका छन् । मदारबाबाको मेला संचालन गर्दै आएको मदरसा ईस्लामियाँ कुतुबुल मदारशाह समिति नवलपरासीले संरक्षण र विकासका लागि आएको ४० लाख रकम हिनामिना गरेको स्थानीयले आरोप छ ।

गत वर्ष फागुन महिनामा संचालित मदारबाबाको मेलाबाट उठेको भेटी रकम २२ लाख, बाँकी बक्यौता तिर्न जिल्ला प्रशासनले दिएको १५ लाख र मठाधिश बाबाको ३ लाख गरि कुल करिब ४० लाख रुपैयाँ अध्यक्ष अंसारीले मनोमानी ढंगबाट खर्चगरि संस्थाको पैसा हिनामिना गरेको स्थानिय बुद्धन अलिले आरोप लगाए ।

वर्षाैंदेखि नवलपरासीको साविक कुडिया गाविस र हाल सुस्ता गाउँपालिका २ स्थित महलबारीमा लाग्दै आएको मदारबाबा मेलाको उचित व्यवस्थापन र भौतिक पुर्वाधारको विकास भने अझैपनि हुन सकेको छैन ।

सुस्ताको महलबारीमा आधार सिविर रहेको मदारबाबाको मुख्य धार्मिक स्थल (मजार) ९ किलोमिटर माथि पहाडको डाँडामा पर्दछ । बाबाले उक्त डाँडामा ४० दिन बसी तपस्या गरि सिद्धी प्राप्त गरेको भएर त्यस ठाउँको धार्मिक महत्व रहेको बताइन्छ ।

उता, मदारबाबाको रकम हिनामिना हुदै आएपछि स्थानीयले छुट्टै कुतुबुल मदारशाह धार्मिक क्षेत्र संरक्षण समिति नामक अर्काे संस्था जिल्ला प्रशासनमा दर्ता गराए । तर संचालित समितका अध्यक्ष जमालुद्दिनले राजनितिक प्रभावले नयाँ समितिलाई काम गर्ने अवसर नै नदिएको उनीहरुको भनाइ छ । जसका कारण मदारबाबाको मेला संचालन र अन्य काममा दुई पक्षीय बिबाद हुदै आएको छ ।

विवाद मिलाउन जिल्ला प्रशासन कार्यालयले गत वर्ष मेला संचालन अगावै दुईटै समितिलाई राखेर मेला पश्चात एकिकृत विशेष साधारणसभाबाट समिति एकिकरण गर्ने र विधान संसोधन र पमिार्जन गर्ने निर्देशन दिएपछि गत असारमा विशेष साधारण सभामार्फत दुईटै समिति एकिकरण गरी स्थनीय निजामुद्दिन मिँयाको अध्यक्षतामा कुतबुल मदार शाह दरगाह कमिटि नामक संस्था खडा गरियो । तर, उक्त कमिटीप्रति अध्यक्ष जमालुद्धिनले असन्तुष्टि जनाउदै अनुपस्थ्ति रहेको मठाधिश मौलाना अमिरुल्लाह मिँयाले जानकारी दिए ।

यता अध्यक्ष जमालुद्दिनले आफुले  कुनै प्रकारको रकम हिनामिना नगरेको बताएका छन् । गत वर्ष संचालित मेलाबाट उठेको रकम २२ लाख गत चैत्र ३१ गतेको साधारण सभाबाट आम्दानी र खर्चहरु अनुमोदन भई सकेको भन्दै उनले विगत ३ वर्षदेखि विभिन्न विवादका कारण जिल्ला प्रशासनको निगरानीमा रहेको संस्थाको १५ लाख रकम संस्थाको बक्यौता भुक्तानका लागि आफ्नै नाममा प्रशासनले चेक काटेकाले व्यक्तिकै खाताबाटै बक्यौता भुक्तान दिएको बताए । साउन-९, २०७४

 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्