27 C
Kathmandu
Saturday, July 31, 2021

रामग्राम नगरपालिकाको अनियमितता निर्मुल पार्छु: नगर प्रमुख गुप्ता

- Advertisement -
- Advertisement -spot_imgspot_img

परासी , नवलपरासीको रामग्राम नगरपालिका क्षेत्र भित्र वडा न. १ ,२ ३ ५ र ६ गरी पांच वटा वडाको संयुक्त वडा कार्यालयको स्थापना गरिएको छ । बिशेष गरी बजार क्षेत्रका नागरिकलाई सहज र सरल सेवा पु-याउने उदेश्यले बजार बजार स्थित रामग्राम नगरपालिकाको पुरानो भवनमा संयुक्त वडा कार्यालयको स्थापना गरिएको हो । एक समारोह बिच नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले सो संयुक्त वडा कार्यालयको उद्घाटन गर्नुभएको थियो । सो समारोहमा बोल्दै नगर प्रमुख गुप्ताले आफुले आफ्नो कार्यकालभरी आर्थिक सहित सबैखोले अनियमितता निर्मुल पार्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । जनताको भावना अनुरुप जनतालाई सेवा प्रदान गर्ने र सेवा प्रदान गर्ने क्रममा कुनै किसिमका अनियमितता हुन नदिने ठोकुवा समेत गर्नुभयो । सोही अवसरमा र गुप्ताले आम नागरिकलाई छिटो र छरितो रुपमा सेवा पाउने बताउनुभयो र्। नगर प्रमुखले जनप्रतिनिधी दल नेता कार्यकर्ता नभई आम नगरबासी प्रतिनिधी भएकाले सबै नगरबासीलाई उत्कृष्ट सेवा प्रदान गरिने जानकारी दिनुभयो ।

कुल ६० हजार आम जनसंख्या रहेको यस नगरपालिकाको बिकासकालागी आफु सहित सम्पुर्ण जनप्रतिनिधी साथीहरुले आ आफ्नो जिम्मेवारी बोध गरी कार्य सम्पादन प्रभावकारी बढाउनुपर्र्ने बताउनुभयो ।

सुसाशन र पादर्शीतालाई आत्मसाथ गरि जनप्रतिनिधीहरु अघि बढीरहेको जानकारी दिदै नगरप्रमुख गुप्ताले नगरको बिकासकालागी आफुले कुनै कशुर वाकी नराख्ने बताउनुभयो । साउन-९, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्