27 C
Kathmandu
Saturday, May 8, 2021

नवलपरासीको कावासोती नगरपालिकामा लागेको ताला यस कारण खुल्यो

- Advertisement -
- Advertisement -spot_imgspot_img

खगराज सापकोटा । नवलपरासीको कावासोती नगरपालिकामा साउन ४ गते देखि लगाईएको ताला आज  (आईतबार) देखि खोलिएको छ । नगरपालिकाको विवाद समाधान भएपछि तालो खोलिएको हो । सत्तापक्ष र विपक्षि दलका प्रतिनिधी बिच छलफल भएर सहमती भए पछि जनप्रतिनिधिले गरेको अनिश्चितकालीन तालाबन्दी आज देखि खोलिएको छ । दुवै पक्ष बिच लक्षित बजेट वडामै पठाउने, नगरपालिकामा लागु गरिएको करको समय अवधी थप गर्ने विषयगत रुपमा कर घटाउने, तथा गत साउन ३ गते असहमतीका बिच पारीत भएको बजेट हेरफेर गरिने  लगाएत २३ बुदामा संसोधन गर्ने सहमती भए पछि पछि ताला खोल्ने सहमती भएको नेपाली कांग्रेसका जिल्ला सचिब बाल कृष्ण घिमिरेले बताउनु भयो । नगरपालिकाको समस्या समाधानका लागी आगामी दिनमा दलिय संमयन्त्र समिती गठन गरि अगाडी बढ्ने सहमती भएको घिमिरेले बताउनु भयो । आज पत्रकार सम्मेलन गरी बिरोधमा रहेका नेपाली कांग्रेस माओवादी लगाएतका दलले राजनैतिक दल बिचको सहमति र सुझावका आधारमा भद्र सहमति र संसोधन गर्ने गरी ताला खोलिएको र त्यसो हुन नसके आफुहरुले पुन: तालाबन्धि गर्ने समेत बताएका छन ।

असार २९ गते देखि सुरु भएको नगरपालिकाको प्रथम नगरसभा विभिन्न अवरोधका कारण स्थगित हुदै आएको थियो भने साउन ३ गते बहुमतका आधारमा आर्थिक वर्ष २०७४/७५ को बजेट पारित गरिएको थियो । नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र लगाएतका राजनितिक दल, संघ सस्था विभिन्न सञ्जालले यसको विरोध गरेका थिए भने नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको थियो । विगत केही दिन देखिको तालाबन्दीका कारण नगरपालिका बाट प्रवाह हुने सेवाहरु प्रभावित हुदै आएका थिए भने सेवाग्राही मर्कामा परेका थिए । तालाबन्दीका कारण नगरपालिकामा उठ्नु पर्ने दैनिक ८ देखि १० लाख राजश्वमा समेत घाटा थियो । साउन-८, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्