27 C
Kathmandu
Sunday, May 16, 2021

हुप्सेकोट गाउंपालीको प्रथम गाउंसभा उल्लासपुर्ण रुपमा सम्पन्न, ३५ करोड ३९ लाखको बजेट पारित

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, खगराज सापकोटा । हुप्सेकोट गाउंपालिको प्रथम गाउंसभा शनिवार उल्लासपुर्ण रुपमा सम्पन्न भएको छ । आर्थिक वर्ष ७४ /७५ का लागि कुल ३५ करोड ३९ लाख १८ हजार ५ सय बराबरको बजेट र नीति तथा कार्यक्रम सर्व सम्मतीले पारित गर्दै सभा सम्पन्न भएको हो । चालु तर्फ ७ करोड ८० लाख, पुजिगत तर्फ १८ करोड ६१ लख र शसर्त अनुदानमा ८ करोड ९७ लाख बराबरको बजेट सभामा प्रस्तुत भएको छ । अध्यक्ष लक्ष्मी पाण्डेका अनुसार यस आर्थिक वर्षलाई सडक विकास वर्ष , उज्यालो गाउं र स्वास्थ्य संस्थामा मात्र सुत्केरी जस्ता कार्यक्रमलाई प्राथमीकतामा राखेको बताईन् । ‘सडकको दुरावस्थाको कारण दैनीकी कष्टकर भएको, विजुली नपुग्दा टुकीको भरमा बस्नुपर्ने बाध्यता र सुत्केरी हुदा समेत स्वास्थ्य संस्था समयमा आउन नसक्दा मृत्युवरण गर्नुपर्ने बाध्यता हटाउन लागिपरेको छु ।’ उनले भनिन् , ‘ जनताले नयां व्यवस्था लागुभएको अनुभव गर्न सकुन् । ’

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्