27 C
Kathmandu
Sunday, May 16, 2021

नेतृत्व र व्यक्तीत्व विकास तालिममा सुगरिका

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.ली . को आयोजनामा आज कावासोतीमा नेतृत्व र व्क्तीत्व विकास तालिम सम्पन्न भएको छ । कलेज पढ्ने नजर गर्दे आयोजना गरिएको सो तालिममा आफ्नो व्यक्तीत्वलाई कसरी निखार्ने , कसरी नेतृत्व क्षमतालाइृ विकास गर्ने भन्ने बिषयमा बिभिन्न ज्ञानहरु प्रदान गरिएको थियो । कावासोती र यस आसपासका क्याम्पस तथा बिद्यालयहरुबाट बिद्यार्थीहरु तालिममा सहभागी भएका थिए ।

तालिममा पुर्व मिस नेपाल सुगरिका के.सी र कान्तिपुर टेलिभिजनका आर.के. धितालले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दे एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि प्रवन्ध निर्देशक डिल्लििराम अधिकारीले यस क्षेत्रका बिद्यार्थीहरुको आवश्यकतालाइ मध्यनजर गर्दे कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । कावासोती र यसपासका क्षेत्रका बिद्यार्थीहरुको व्यक्तीत्वमा निखारता ल्याउने उदेश्यका साथ निशुल्क रुपमा तालिमको आयोजना गरिएको अधिकारीले बताउनुभयो ।  वहाले आगामी दिनमा पनि बिद्यार्थीहरुको माग र आवश्यकतालाइ मध्यनजर गर्दे यस्ता तालिमहरु आयोजना गर्दे जाने बताउनुभयो ।

अष्टेलियाो सिड्नीमा मुख्ष्य कार्यालय रहेको सस्थाले शुक्रबारदेखि कावासोतीमा आफ्नो शाखा संचालनमा ल्याएको हो । सन् २००३ मा अष्टेलियाको सिड्नीमा स्थापित यस सस्था नेपाल तथा अष्टेलियामा रहेर लामो समय यसैं क्षेत्रमा अनुभव संगालेका व्यक्तीत्वहरुद्धारा संचालित सस्था हो । हाल सम्म एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि. मार्फत् २५,००० भन्दा बढी बिद्यार्थीहरुले सेवा लिईसकेको सस्थाले जनाएको छ । साउन-७, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्