27 C
Kathmandu
Wednesday, August 4, 2021

घर किन्नुहोस श्रीमती सित्तैमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

वस्तु बेच्नका लागि बिक्रेताहरुले अनेक खाले अफर ल्याउछन् । एउटा सामान किन्दा अर्को सामान सित्तैमा दिने अफर सबैभन्दा चल्तीको अफर हो । यही अफरको चरम रुपका रुपमा घर किन्दा श्रीमती सित्तैमा दिने अफर सार्वजनिक भएको छ ।

इण्डोनेसियामा घर किन्दा श्रीमती सित्तैमा पाइने एउटा विज्ञापनले अहिले ठूलै तहल्का मच्चाएको छ र उक्त विज्ञापन इण्टरनेटमा भाइरल समेत बनेको छ ।
एकजना महिलाले आफ्नो घर बिक्रिका लागि विज्ञापन गरेकी छिन् र आफ्नो घर किन्ने पुरुषहरुले आफुलाई श्रीमतीको रुपमा पाउने घोषणा समेत गरेकी छिन् ।

यो अनलाइन विज्ञापनको सुरुवाती हिस्सा सामान्य विज्ञापन जस्तो छ र यसमा घरमा रहेका विशेषता उल्लेख गरिएको छ । तर अन्त्यतिर भने दुर्लभ अफर प्रस्तुत गरिएको छ । जसमा भनिएको छ, ‘जसले यो घर किन्नुहुन्छ उसले यो घरकी मालिक्नीसाग बिहेको प्रस्ताव गर्न सक्नुहुन्छ ।’

विज्ञापनमा घर मालिक्नीको तस्वीर समेत दिइएको छ । विना लिया नामकी ती ४० वर्षे महिला श्रीमानको मृत्युसागै हाल एकल महिलाको रुपमा रहेकी छिन् र उनको आफ्नो सैलुन समेत छ ।

यो घर गम्भीर खालका क्रेताहरुको लागि मात्र रहेको र यसमा कुनै सौदाबाजी नहुने विज्ञापनमा उल्लेख गरिएको छ ।

जाभा द्विपस्थित स्लेम्यानमा रहेको यो घरको मूल्य ९ करोड ९९ लाख इण्डोनेसियन रुपिहा अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर तोकिएको छ ।

एएफपीका अनुसार घर मालिक्नी विना लियाको यो विज्ञापन इण्डोनेसियाका संचार माध्यममा मात्र होइन सोसल मिडियामा समेत निकै चर्चित बनिरहेको छ ।

कतिपयले उनलाई घोचपेच गरेर खिल्ली उडाइरहेका छन् । यो समाचार प्रकाशित भएपछि यस बारेमा सोध्नका लागि आफ्नो घरमा प्रहरी समेत आएको र मान्छेले दिएका प्रतिक्रिया र पत्रकारका व्यवहारबाट आफु दुखी बनेको उनी बताउाछिन् । एजेन्सी, साउन-७, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

8 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्