27 C
Kathmandu
Saturday, May 8, 2021

३२ प्रतिशतको रोजाइ कतार

- Advertisement -
- Advertisement -spot_imgspot_img

देशमै पर्याप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीका लागि पलाएन हुने युवाको संख्या बढ्दो छ । वैदेशिक रोजगारीमा जाने युवामध्ये ३२ प्रतिशतको रोजाइ कतार भएको छ ।

आर्थिक वर्ष २०७३–७४ मा मात्रै दुई लाख पाँच हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि कतार पुगेको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ ।

गत आ.व.मा वैदेशिक रोजगारीका लागि बिदेसिएका युवाको संख्या भने ६ लाख ४० हजार ६ सय ४२ छ ।

कतार जाने युवाको संख्या दुई लाख पाँच हजार सात सय ५६ रहेको छ । आर्थिक वर्ष २०७२/७३ मा कतार जानेको संख्या करिब साढे एक लाख हाराहारी थियो ।

सरकारले २०७२ असारदेखि लागू गरेको फ्री भिसा तथा टिकटको निर्णयसँगै ओरालो लागेको वैदेशिक रोजगारीको क्षेत्रसमेत लयमा फर्केको हो ।

आ.व. २०७२/७३ मा चार लाख १८ हजार नेपाली कामका लागि बिदेसिएका थिए भने आव ०७१/७२ मा पाँच लाख १२ हजार युवा रोजगारीका लागि बाहिरिएका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । साउन-७, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्