27 C
Kathmandu
Wednesday, August 4, 2021

कावासोती नगरपालिकाको तालाबन्धि सम्बन्धि बिषयमा राप्रपामा देखियो विवाद, जिल्लाको समर्थन नगरको बिरोध

- Advertisement -
- Advertisement -spot_imgspot_img

खगराज सापकोटा । कावासोती नगरपालिकामा ताला बन्दी गरिएको विषयमा एक्यवद्धता जनाएको राप्रपा जिल्ला स्तर र कावासोती नगर समिति बिच बिबाद देखिएको छ । तालाबन्दी र नगरपालिकामा एमाले ईतरका ६ पार्टीले नीति तथा कार्यक्रम  गतिबिधि बिरोध  जनाएका थिए । सोही बिरोधकार्यक्रममा राप्रपाका लोकनाथ लामिछानेले हस्ताक्षर गरेको भन्दै राप्रपा कावासोती नगराकमिटिले आफुहरुलाई सोधखोज नगरिएको प्रति दुख ब्यक्त गर्दै  आफुहरुको बिरोध लगाएतका कार्यक्रममा सहमति नभएको भन्दै प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । राप्रपा नगर समितिका कार्यवाहाक अध्यक्ष लाल प्रसाद बराल र सचिब कमल प्रसाद गैरेद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा सो कुरा बताईएको हो । उता बिज्ञप्तिमा हस्ताक्षर गरेका लोकनाथ लामिछानेले आफु जिल्ला सदस्य रहेको र यो जिल्लाको निर्णय भएकोले  आफुले कावासोती नगरपालिकामा भएको एकलौटी र दम्भकारी गतिबिधि प्रति बिरोध जारी रहने बताए ।

राप्रपा नगर कमिटीले भने तालाबन्दी बारे आफुहरुलाई अवगत अवगत नभएको र साउँन ४ गते प्रकाशित सयूक्त विज्ञप्तीमा आफ्नो पार्टीको  समर्थन रहेको भनि लेखिएकोमा ध्यानाकर्षण भएको नगर कार्य समितीले जनाएको छ । साथै बिज्ञप्तिमा सम्बन्धित पक्षले यथासिग्र समस्याको समाधान गरि तालाबन्दी खोलेर जनतालाई सहज रुपमा आफ्ना कार्य गराउन राप्रपा जोडदार माग गर्दछ भनिएको छ । साउन-५, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्