27 C
Kathmandu
Saturday, July 31, 2021

छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु २ जना घाईते एक जनाको अवस्था गम्भीर

- Advertisement -
- Advertisement -spot_imgspot_img
चितवन र नवलपरासीमा छुट्टाछुट्टै दुई स्थानमा भएका दुर्घटनामा परी तिन जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गएराति भरतपुर महानगरपालिका–१४ वीरेन्द्रचोकमा गीतानगरबाट आपनै घर शिवनगर तर्फजादै गर्दामोटरसाइकल अनियन्त्रि भए विजुलीको  पोलमा ठोक्कीदा  एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ना ४२ प २८१ नम्बरको मोटरसाइकल चालक स्थानीय भीमसेननगर बस्ने वर्ष ४८ का बलराम भण्डारी रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती ४५ वर्षीया पधमा  भण्डारी गम्भीर घाइते हुनुभएको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । राति ११ बजे दुर्घटना भएकोमा उपचारको क्रममा राति १२ः१५ मा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, पूर्वी चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा गएराति ना ४२ प ४०३१ नम्बरको मोटरसाइकलले स्थानीय ४५ वर्षीया सावित्री चौधरी र ३६ वर्षीय राजेन्द्र चौधरीलाई ठक्कर दिँदा सावित्रीको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजेन्द्रको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । राती ९ः१० बजे सो दुर्घटना भएको हो । सौराहाबाट टाँडीतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता नवलपरासीको गैंडाकोट नगरपालिका ४ ओम शान्ति चोकमा बसले ठक्कर दिंदा एक पैदल यात्रीको ज्यान गएको छ । पश्चिमबाट पुर्व जादै गरेको ना ६ ख ६१८४ नम्बरको बसले अन्दाजी ७५/७६ बर्षकी सकुन्तला देवी नेपाललाइ ठक्कर दिएको हो । गैंडाकोट ४ बस्ने सकुन्तलाको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । रासस, साउन-४, २०७४
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्