27 C
Kathmandu
Saturday, July 31, 2021

नवलपरासीको कावासोतीमा जनप्रतिनिधी आन्दोलनमा, विभिन्न ६ दलको ऐक्यवद्धता, लक्षित वर्ग, उद्योगी, ब्यबसायी रुस्ट

- Advertisement -
- Advertisement -spot_imgspot_img

खगराज सापकोटा
नवलपरासीको कावासोती नगरपालिकाको आर्थिक वर्ष ७४ /७५ को नीती तथा कार्यक्रम एकलौटीरुपमा प्रस्तुत गरीएको भन्दै विरोधमा उत्रीएका नौ जना वडाध्यक्षहरुको आन्दोलनलाई विभिन्न ६ दलले ऐक्यवद्धता जनाएका छन् । नेपाली काग्रेस र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधीले थालेको आन्दोलनमा राष्ट्रिय जनाता पार्टी , राष्ट्रीय प्रजातन्त्र पार्टी ,संघिय समाजवादी फोरम , नयां शक्ति नेपाल , जनमुक्ति पार्टी ,नेकपा माओवादी क्रान्तिकारी पार्टीले सहमती जनाउदै सहमती अनुसार अगाडी बढ्न सुझाव दिएका छन् । साथै एकीकृत करको वृद्धी , व्यवसाय करका विषयमा असहमती जनाउदै उद्योग वाणीज्य संघ , होटल व्यवसायी संघ , कावासोती बजार व्यवस्थापन समिती , जनजाती महासंघ , अन्तरपार्टी महिला सञ्जाल , नेपाल दलीत संघ , अपाङ्ग नगर समन्वय समितीले पनि वैज्ञानिकरुपमा करको दायरा कायम गर्नुपर्ने र बहुमतको दम्भमा आफुखुसी बजेट तयार पारीएको भन्दै नीती तथा कार्यक्रमको विरोध गरेका छन् ।
असार ३० गते सुरु भएको नगरसभामा काग्रेस र माओवादी केन्द्रका वडाध्यक्षले रोष्ट्रम घेराउ गरेपछि स्थगित सभा सोमबार साझ विरोध र झडबका विच नगर प्रमुखले नीती तथा कार्यक्रा पारीत भएको गर्नुभएको थियो । बाचन र प्रस्तुत नै नगरी जबरजस्ती बजेट पारीत गरीएको विरोधमा ९ ओटा वडाका वडाध्यक्षले नगरपालिकामा मंगलवार देखी तालाबन्दी गरेका छन्। तालाबन्दीको कारण नगरपालिकाको कामकाज ठप्प हुदा सेवाग्राही मर्कामा परेका छन् ।

बिरोध कार्यक्रममा बोल्दै होटल ब्यावसायी संघ नवलपुरका अध्यक्ष गौरिश्वर न्यौपानेले नगरपालिकाको आगामी योजनाले होटल व्यवसायमा ढाड सक्ने गरी तेहेरो कर तिर्न बाध्य पार्न खोजेकोले यसको पुनरावलोकन नगरे आफुहरु अझै कडा बिरोधमा उत्रने बताए । नगरपालिकाको नीति तथा कार्यक्रम प्रती आपत्ति जनाएका छन् ।त्यसै गरी अन्तर पाटी महिला संजाल कावासोतीका सरला नेपाल पोख्रेल ले लक्षित बर्गको रकम नगरपालीकामा राखेर लक्षित बर्गको अधिकार कुल्चिएको भन्दै आफुहरु चुप लागेर नबस्ने बताईन ।

उता नेकपा एमालेका नवलपुर अध्यक्ष रोशन बहादुर गाहांका अनुसार संसदीय व्यवस्था अनुसार नगरसभा चल्नेभएकाले पार्टीले भन्दा पनि जनप्रतिनिधि बिच नै हार्दीकताका साथ बार्ता भएर समाधान निकाल्नुपर्ने बताए । जनप्रतिनिधि बिचबाट समाधान नआएको खण्डमा आफ्नो पार्टी सबैदलसंग बसेर छलफल गरी समस्या समाधानको लागि तयार रहेको गाहांले बताए । साउन-४, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्