27 C
Kathmandu
Saturday, May 8, 2021

स्थानीय तहमै मतदाता नामावली संकलन गर्ने निर्णय, ३२ गते सम्म समय थपियो

- Advertisement -
- Advertisement -spot_imgspot_img

निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ । साथै समय पनि थप गरेको छ ।

यससँगै मतदाता नामावलीमा नाम लेखाउनकै लागि जिल्ला सदरमुकाम आउने पर्ने बाध्यता हटेको छ ।

निर्वाचन आयोगको मंगलबार बसेको बैठकले मतदाता नामावली संकलनलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म पुग्ने निर्णय गरेको हो ।

साथै जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा निर्वाचनको मिति घोषणा नहुँदासम्म नामावली संकलन गर्ने निर्णय भएको छ । अन्य स्थानीय तहको कार्यालयमा साउन १६ देखि ३२ गतेसम्म नाम दर्ता तथा संकलन गरिने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले साउन १ गतेदेखि फाटो सहितको मतदाता नामावली संकलन सुरु गरेको छ । नाम लेखाउनका लागि स्थायी बसोबास भएको जिल्लाको निर्वाचन अधिकृतको कार्यालय (सदरमुकाम) मै जानुपर्ने भएपछि व्यवहारिक नभएको गुनासो आएको थियो । साउन-३, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्