24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

कावासोती नगरपालिकामा तालाबन्दी, कामकाज अस्तव्यस्त बन्दै, राजस्व संकलनमा लाखौ घाटा

- Advertisement -Flowers in Chania

कावासोती नगरपालिकामा तालाबन्दि भएको छ । रोष्टम घेराउ र होहल्लाका बिच नीती तथा कार्यक्रम प्रस्तुतनै नगरी पारित भएको घोषणा गरीएको भन्दै ९ओटा वडाध्यक्ष र काग्रेस , माओवादी केन्द्रबाट विजयी सदस्यले नगरपालिकाका मेयर , उपमेयर , कार्यकारी अधिकृत र लेखाशाखामा आज तालाबन्दी गरेका हुन् । लक्षित बर्गको बजेट वडामा जानुपर्ने , वडाध्यक्ष लाई निर्णयप्रकृया र बजेटको छलफलमा सहभागी हुन नदिएको भन्दै अनिस्चितकालका लागि तालाबन्दि गरीएको छ ।
यसैविच सोमबार साझं होहल्ला र असन्तुष्टीकै बिच कावासोती नगरपालिकाको प्रथम नगरसभा सम्पन्न भएको छ । सभामा प्रस्तुत बजेट , निति तथा कार्यक्रम र बिधेएकहरु प्रति बिपक्षीहरुले बिरोध गरिरहेकैं बेला नगर प्रमुख चन्द्रा कुमारी पुनले ति सबै दस्तावेजहरु बहुमतले पारित भएको घोषणा गर्नुभएको हो । सभामा प्रस्तुत दस्तावेजहरु सदस्यहरुले अध्ययन गर्न नपाउदै र त्यसमाथकिो छलफलमा भाग लिन नपाउदै नगरप्रमुखले बजेट र निति तथा कार्यक्रम पारित भएको घोषणा गरेपछि तिव्र असन्तुष्टी बढेको छ । नेपाली काग्रेस र माओवादी केन्द्र लगायतका दलले यसको बिरोध गरेका छन् ।
नगर प्रमुखले बहुमतको आडमा आफुहरुलाई निति तथा कार्यक्रम अध्ययन गर्न नदिई बहुमतको आधारमा नगर सभा सम्पन्न गरेको भनिएको प्रति काग्रेसले कडा शब्दमा आलोचना गरेको छ । नगरप्रमुखको यस प्रकारको शैंली कुनैं हालतमा मान्य नहुने कावासोती नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले बताए ।
कावासोती नगर कार्यपालिकाका प्रवक्ता एवम् कावासोती नगर पालिका वडा नं. १२ का वडा अध्यक्ष खेम प्रसाद काफ्लले राजनैतिक दलहरुको विचमा भद्र सहमति भएपछि नगर सभा सञ्चालन हुुने सहमती भैसक्दा र नगर प्रमुखले नगर सभा शुरु गर्न साथ पुन विरोध भएपछि बहुमतले बजेट पारित गरेको बताए ।

कावासोती नगरपालिकाको काम काज अस्तव्यस्त हुदै गएको छ । बिगत ४ दिन देखि दैनिक कार्य सम्पादन हुन नसक्दा जग्गा किनबेच र विदेश जानेहरुको काम गर्न ठप्प हुदा जनताले शास्ती भोग्नुपरेको छ भने नक्सा पास, एकीकृत सम्पत्ति कर, नाता प्रमाणित, घरबाटो सिफारिस लगाएतका काम हुन नसक्दा नगरपालिका लाई दैनिक ८ देखि १० लाख राजस्व असुलीमा घाटा बेहोर्नुपरेको नगरपालिका का सुचना अधिकृत पवन रुपाखेतीले बताए । साउन-३, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्