27 C
Kathmandu
Saturday, July 31, 2021

नवलपरासीको कावासोती नगरसभामा झडप, सभा स्थंगनको घोषणा लगत्तै होहल्ला बिचमै बजेट पारित गरेको दावी, कांग्रेस लगाएतका दलको बिरोध (भिडियो सहित)

- Advertisement -
- Advertisement -spot_imgspot_img
खगराज सापकोटा । नवलपरासीको कावासोती नगरपालिकाको प्रथम नगरसभामा आज झडप भएको छ । बिगत ३ दिन देखि बारम्बार स्थगित हुदै आएको सभा आज साझ ६ बजे झडप बिच नीति तथा कार्यक्रम पारित भएको र नभएको दुई तर्फी दावी संगै सकिएको छ । ।[wpdevart_youtube]U0Mpo0uPfSk[/wpdevart_youtube]
आर्थिक वर्ष ७४/७५ को निति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा काग्रेस , माओवादी केन्द्रबाट निर्वाचित नगरसभाका सदस्य र एमालेबाट निर्वाचित जनप्रतिनिधि बिच झडप भएको हो । शुक्रवारबाट सुरु भएको नगरसभामा ९ ओटा वडाका वडाध्यक्षले विरोध जनाउदै आफ्ना माग पुरा नभएसम्म सभा चल्न नदिने बताएपछि स्थगित भएको सभा आज पुन बसेको थियो । विहान १० बजे बस्ने भनेपनि दुईपक्ष विच कुरा नमीलेपछि मेयर चन्द्र देवी पुनले साझं ६ बजे सभा सुचारु गरेर नीतीतथा कार्यक्रम प्रस्तुत गर्न नगरका उपप्रमुख प्रेम शंखर मर्दनियालाई रुलिङ्ग गरेकी थिईन  रोस्टम घेरेका वडाध्यक्षहरुले प्रस्तुत गर्न रोकेपछि पुन: नगर प्रमुख पुनले वडा नम्बर २ का वडाध्यक्ष लक्ष्मी पौडेललाई बजेट प्रस्तुत गर्न रुलिङ्ग गरेपछि असन्तुष्ट वडाध्यक्ष र नगरसभाका सदस्यले रोक्ने प्रयास गर्दा झडप भएको हो । झडप हुदै गर्दा केही समयका लागि अध्यक्ष पुनले २५ मिनेटका लागी नगरसभा स्थगित भएको रुलिङ्ग गरेकी थिइन ।  १० मिनेट पनि नबित्दै सोहि हल्ला बीचबाट पौडेलले केहि बोलेका र ताली बजे लगत्तै बजेट पास भएको भनिएको थियो । नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दिनियाले नीति तथा कार्यक्रम पारित भएको बताए । यता कांग्रेस र माओवादीका ९ जना वडाध्यक्ष लगाएतका सदस्यले पत्रकार सम्मेलन गरी नगर शभामा एकलौटी ढंगले सभा संचालन गरी नीति तथा कार्यक्रम प्रस्तुत नगरी पारित भएको निराधार हल्ला फिजाईएको बताएका छन् । नगर सभामा आफुहरुले नीति तथा कार्यक्रमका एक हरफ पनि नसुनेको र एकलौटी ढंगले उक्त नीति तथा कार्यक्रम आफुहरुले पारित हुन नदिने नगरपालिकाको वडा नम्बर ३ का अध्यक्ष अमृत श्रेष्ठले बताए । यस बिसयमा छिटै आफ्ना आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने वडा नम्बर १ का वडाध्यक्ष नारायण प्रसाद पन्तले जानकारी दिए ।
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्