27 C
Kathmandu
Saturday, May 8, 2021

नवलपरासीको कावासोतीमा लागुऔषध सहित बालक पक्राउ

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, खगराज सापकोटा । नवलपरासीको कावासोतीमा लागू औषध सहित एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको भरतपुर उपमहानगरपालिका ९ निवासी १४ बर्षीय अर्जुन लामा प्रहरीले आज कावासोतीबाट बालकलाई ईलाका प्रहरी कार्यालय नवलपुरको टोलीले लागू औषध सहित नियन्त्रणमा लिएको हो । ना ४ ख ५५४५ नम्बरको बसमा नारायणगढतर्फ जांदै गरेको बसमा शंकास्पद देखेपछि चेकजाचंको क्रममा बालकको साथबाट नाइट्रोजन एक सय पत्ता, पेनेरागन १० पत्ता, सेरेज्याक १० पत्ता, टल्गेशल नामक आगू औषध १० र सिरिन्ज ४ ओटा बरामद भएको हो । बालकलाई प्रहरी कार्यालय नवलपुरमा प्रहरीको संरक्षणमा राखेर अनुसन्धान थालिएको छ । उनलाई लागू औषध कारोवारीहरुले ओसारपोसारमा प्रयोग गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । साउन-१, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्