27 C
Kathmandu
Saturday, July 31, 2021

फोटो सहितको मतदाता नामावली संकलन सुरु, कावासोतीमै नाम दर्ता गर्न सकिने ब्यबस्था

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, खगराज सापकोटा । निर्वाचन आयोगले आजबाट पुनः फोटो सहितको मतदाता नामावली संकलन सुरु गरेको छ । त्यसका लागि जिल्ला सदरमुकाममा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयमानै जानु पर्ने प्रावधान गरिए पनि नवलपरासीमा भने त्यस्तो भएन।

जिल्ला निर्वाचन कार्यालयले ईलाका प्रशासन कार्यालय कावासोतीमै यस्तो सुविधा उपलब्ध गराए पछि नवलपुर क्षेत्रका सर्वसाधारणलाई सहज भएको हो । नवलपरासी प्रदेश नम्बर ४ र ५ मा पर्ने भएको र नवलपुर क्षेत्रबाट परासी पुग्न कठिन हुने भएकाले नवलपुर क्षेत्रका लागी कावासोतीको ईलाका प्रशाशन कार्यालय र परासी क्षेत्रका लागी परासीमा रहेको निर्वाचन कार्यालयमा ब्याबस्था मिलाईएको जिल्ला निर्वाचन अधिकृत अयोध्या प्रसाद भण्डारीले जानकारी दिनुभयो । यस्तो ब्यबस्था भए संगै नवलपुर क्षेत्रको पहाडी क्षेत्रका सर्व साधारणले राहत महसुस गरेका छन ।

आयोगले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नामावली संकलन तथा अद्यावधिक कार्य आजबाट सुरु गरेको हो । आगामी साउन १५ गतेसम्म नाम दर्ता तथा अद्यावधिक गर्न सकिनेछ । आयोगले मतदाता नामावलीमा यसअघि नाम समावेश नभएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र लिई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न भनेको थियो ।

यसअघि जहाँ सुकैको निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भएपनि यसपटक सम्बन्धित जिल्लामै पुगेर दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगबाट यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि गल्ती सच्याउन सक्नेछन् । तर स्थानीय तहको निर्वाचनका लागि प्रकाशित मतदाता नामावलीमा नाम भएकाहरुले भने पुनः नाम लेखाउनु पर्दैन ।  साउन-१, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्