27 C
Kathmandu
Wednesday, August 4, 2021

साउन महिनाको धार्मिक महत्व र लुतो फाल्ने चलन

- Advertisement -
- Advertisement -spot_imgspot_img

आज साउने सङ्क्रान्ति मनाइँदैछ । सौर्यमानअनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले आजको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् । यसैदिन साँझ लुतो, दाद आदि चर्मा्दि रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने चर्मा्दि रोगबाट जोगिन लुतो फाल्ने प्रचलनस्वरुप यो पर्व मनाउन थालिएको हो । प्राचीन प्रचलनअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो आदि औषधीय बनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याक्ने संस्कृृति मनाउने गरिएको छ । महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकाले सोमबारको व्रतको महत्व छ । साउन महिना जताततै हरियाली हुने भएका कारण पनि हरिया चुरासहित श्रृङ्गारका समान पहिरिनु प्रकृति सम्मत प्रचलन हुनसक्ने अध्यक्ष गौतमको भनाइ छ । साउन महिना भगवान शिवको महिना भएकोले यो महिनाभर शिवालयहरुमा दर्शनार्थीको अत्याधिक भिड लाग्छ । यसै गरि साउन महिना शुरु हुग्दा चुरा पोते र मेहन्दी किन्न पसलमा ग्राहकको भिडबढेको छ । साउन महिनामा विशेष गरी राता हरिया र पहेलो चुरा पोतेको विक्रि बढेपछि व्यवसायीहरुलाई भ्याइनभ्याइ भएको हो । साउने संक्रान्ति पर्व शुरुसगै चाडबाडको मौसम हुने भएकाले पनि महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने चलन रहेको छ । साउन महिना सूरु हुने बितिकै काँचको हरियो चुरा बेच्नेहरुको पनि व्यापार बढेको छ । साउन महिनाभरि चुरा बेच्ने नवलपरासी लगायत नारायणघाटका व्यापारीहलाई भ्याइनभ्याई छ । साउनमा अविवाहिता युवतीले हरियो काँचको चुरा र मेहेन्दी लगाउदा भावी श्रीमान आफैले चाहे जस्तै राम्रो र आफुलाई माया गर्ने पाइने विश्वास रहिआएको छ भने विवाहिता महिलाले श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै हरियो चुरा पोते लगाउने चलन चलि आएको छ । साउन-१, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्