27 C
Kathmandu
Wednesday, August 4, 2021

बाढीले पुल र घर बगायो, २ को मृत्यु, ३ बेपत्ता

- Advertisement -
- Advertisement -spot_imgspot_img

भीषण वर्षापछि आएको बाढीले रामेछापमा सवारी तर्ने पुल र दुई घर बगाएको छ । गोकुलगंगा र लिखु गाउँपालिका भएर बग्ने खिम्ती र छतिवन खोलामा आएको बाढीले घर बगाउँदा २ जनाको मृत्यु भएको छ भने ३ जना हराइरहेका छन् ।

बाढीले घर बगाउँदा छतिवन खोला नजिकै घर भएका कुमार खत्रीकी ७५ वर्षीया आमा लालकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारका अन्य सदस्यले भने भागेर ज्यान जोगाएका छन् ।

प्रहरीका अनुसार, इन्द्रबहादुर खत्रीकाे रोपाइँमा काम गर्न मन्थली नगरपालिका, गेलुबाट आएका वासु भनिने जयप्रकाश कार्कीकाे शव तामाकाेसीकाे हलेदीमा फेला परेकाे छ । खत्रीकाे हराइरहेकी पत्नी भने भेटिएकी छैनन् । खिम्ती खोलाको बाढीले घर बगाउँदा अशोक तामाङ र उनकी छोरी बेपत्ता छन् ।

उद्धारका लागि प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेल नेतृत्वको टोली घटनास्थल पुगेको छ । अहिले प्रहरी, नेपाली सेना र स्थानीयले हराइरहेकाको खोजी र उद्धार गरिरहेका छन् ।

मध्यराति आएको बाढीले छतिवन खोलामाथि भर्खरै निर्माण गरिएको सवारी तर्ने पक्की पुल बगाएको छ । बाढीले सवारी तर्ने पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्ध विच्छेद भएको छ । उता खहरेको कटानका कारण खिम्ती बजारसमेत जोखिममा परेको छ । साउन-१, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्