27 C
Kathmandu
Saturday, May 8, 2021

कावासोती मा ए.पि.सुमनको एकल कविता वाचन

- Advertisement -
- Advertisement -spot_imgspot_img

सन्जय भट्टराई । नेपाल प्रज्ञाप्रतिष्ठानले २०७४ मा आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा छानिएका नवलपरासीका युवा कवि ए.पि. सुमनको एकल कविता वाचन आज सम्पन्न भएको छ । ज्याग्दी खोला साहित्य प्रतिष्ठान नवलपरासी शाखाको आयोजना मा भएको कार्यक्रममा सुमनले रातो बाकस, आत्महत्या, सहिद कि आमा लगाएतका १५ वटा कविता वाचन गरेका थिए । ज्याग्दि खोला साहित्य प्रतिष्ठान नवलपरासी शाखाका अध्यक्ष करुण लम्साल को अध्यक्षता सम्पन्न कार्यक्रम मा नवलपरासी र रुपन्देही का ५ दर्जन भन्दा धेरै साहित्यकार र कविता प्रेमीहरु को उपस्थिति रहेको थियो । दुई चरण गरि १५ वटा कविता सुनाएका एपि सुमन पछिल्लो समयमा उदाउँदो कविका रुपमा अगाडी आएका छ्न । देश प्रेम, वैदेशिक रोजगारमा जादा को पीडा, समसामयिक घटना बस्तु र प्रेममा आधारित यथार्थपरक कविता सुनाएर दर्शकलाई लठाएका सुमनको कविता वाचन शैली पनि फरक देखिन्थ्यो । पछिल्लो समय लगातार रूपमा नवलपरासी मा साहित्यिक कार्यक्रमहरु आयोजना भै रहदा साहित्यकारहरु रचना गर्न हौसिएको बताउदै नवलपरासी को माटो साहित्यका लागि उर्वर रहेको र सबैले हातेमालो गरि अगाडी बढ्नु पर्ने कार्यक्रम उपस्थित साहित्यकारहरु को धारणा रहेको थियो । असार-३१, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

5 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्