27 C
Kathmandu
Sunday, May 16, 2021

कावासोतीको नगर सभा दोस्रो दिन पनि सोमबार सम्मकालागी स्थगित, सोमबार २ गते सम्म पनि आर्थिक बर्ष फेरिने छैन कावासोती नगरपालिकामा

- Advertisement -
- Advertisement -spot_imgspot_img

खगराज सापकोटा
नवलपरासीको कावासोती नगरपालिकाको प्रथम नगर सभा दोस्रो दिन पनि स्थगित भएको छ । शुक्रवार सुरु भएको नगर सभामा काग्रेस र माओवादी केन्द्रका जनप्रतिनिधीले विभिन्न माग राख्नदै अवरोध गरेपछि आजका लागि बोलाईएको थियो । विहान ११ बजे नगरसभा बस्ने भनेपनि अवरोध कायमै रहने अवस्था देखेपछि पर्सी सोमबार सम्मका लागि स्थगित गरीएको मेयर चन्द्राकुमारी पुनले जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रम प्रति असन्तुष्ट्रि जनाउदै आएका ९ ओटा वडाका वडाध्यक्ष र सदस्यले सभा चल्न दिएका छैनन् । काग्रेस र माओवादी केन्द्र बाट निर्वाचित वडाध्यक्षहरुले विभिन्न ८ बुदे माग पेस गरेका छन् । विषयगत समिती भङग गर्नुपर्ने , लक्षित बर्गको बजेट वडामा विनियोजित गर्नुपर्ने , पुराना घरको नक्सापासको छुट शुल्कको म्याद थप गर्नु पर्ने लगाएतका माग गरीसारेर सभाअवरुद्ध गरेको वडा नम्बर ३ का वडाध्यक्ष अमृत श्रेष्ठले बताउनुभयो ।
विषयगत समिती गठन गर्दा समेत बहुमतको दम्भमा एमाले बाट निर्वाचित जनप्रतिनिधिले एकलौटी निर्णय गरेकोमा अन्यदलका जनप्रतिनिधिले विरोध जनाउदै आएका छन् । मेयर पुनले असन्तुष्ट्रि केही भए बसेर छलफल गरेर निकास निकाल्नका लागि दुई दिन सभा स्थगित गरेको बताउनुभयो । आर्थिक वर्षको अन्तिममा आएर हुन लागेको सभा स्थगित भएपछि आईतबार नगरपालिकाको कामकाज समेत ठप्प हुने भएको छ । त्यति मात्र हैन नयाँ आर्थिक बर्ष सुरु भएपनि अघिल्लै आर्थिक बर्षको रसित प्रयोग गरेर कारोवार गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहने नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले जानकारी दिनुभयो ।

असार-३१, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्