27 C
Kathmandu
Sunday, May 16, 2021

गाउँमा पाइने सेवा सदरमुकाम सर्यो, ३० रुपैयाँ बुझाउन ३ सय भाडा

- Advertisement -
- Advertisement -spot_imgspot_img

स्थानीय तह निर्वाचनमा गाउँगाउँमा सिंहदरबार खुबै चलेको नारा बन्यो । राजनीतिक दलहरु यही नारा लगाएर प्रतिष्पर्धामा उत्रिए । चुनाव पनि जिते ।

तर, रुकुममा भने यो नारा यतिबेला ठीक उल्टो भएको छ । अर्थात् गाउँमै पाइने सेवा सदरमुकाममा सरेको छ । विगतका वर्षमा आफ्नै साविकका गाविस कार्यालयमै विद्युत्त महसुल बुझाइरहेका रुकुमका सेवाग्राहीले स्थानीय तह निर्वाचनपछि ३० रुपैयाँ विद्युत्त महसुल तिर्न ३ सय रुपैयाँ गाडी भाडा तिरेर सदरमुकाम धाउनु परेको छ ।

केन्द्रीय प्रसारण लाइनले मुसिकोट नगरपालिका, बाँफीकोट गाउँपालिका र सिस्ने गाउँपालिकाका केही भाग छोएको छ । मुसिकोट नगरपालिकाबाहेक जनता यतिबेला एक दिन हिँडेर (गाडीमा ५ घन्टा) विजुली महसुल तिर्न सदरमुकाम धाइरहेका छन् । राजधानी दैनिकले लेखेको छ, असार-३१, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्